अब नापीमा गएर घण्टौ लाइनमा बस्नुपर्ने मजबुरी अन्त्य, अनलाईनबाटै आफ्नो जमिनको नाप, नक्सा र कर
सेवाग्राहीले कुनै पनि ब्राउजरबाट मेरो कित्ता लगइन गर्नुपर्नेछ । सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ ।

२०७८ बैशाख ४ शनिबार, दिउँसो ४:०१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ । आफ्नो जग्गा धनी पूर्जा, आफ्नो कित्ता आफू बसेकै ठाउँबाट अनलाइनमार्फत् हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्नसक्ने गरी यो अनलाइन प्रणाली सुरु भएको हो ।
राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राही दमन्ता ढुंगानालाई नक्सा प्रिन्ट हस्तान्तरण गर्दै यो सेवाको सुरुवात गरे ।
यो प्रणाली सुरु भएपछि अब घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनीले नापी कार्यालय पुगेर प्रिन्ट नक्सा लिनुपर्ने झन्झट बेहोर्नु नपर्ने भएको छ ।
जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने गरी बिहीबारदेखि नापी विभागले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।
यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट सुरू हुँदै छ । यसअन्तर्गत काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा यो सेवा लागू हुने विभगले जनाएको छ ।
त्यसपछि क्रमशः देशभरका १ सय २६ वटा कार्यालयबाट यस्तो सेवा प्रदान गरिने विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…