फिल्मको सुटिँग जनकपुरबाटै सुरु गर्छु : निरहुआ
न्यूज ब्यूरो जनकपुरधाम, १६ फागुन । भोली हुन लागेको जनकपुर होली हँगामा कार्यक्रममा सरिक हुन भोजपुरी सुपरस्टारहरु आज जनकपुर आईपुगेका छन् । कार्यक्रमको पूर्वसन्ध्यामा आज दिउँसो जनकपुर आईपुगेका भोजपुरी सिने जगतका सुपरस्टार दिनेश लाल यादव निरहुआ, भोजपुरी क्वीन आम्रपाली दुवे तथा आईटम क्वीन सीमा सिँहले जनक

२०७४ फागुन १६ बुधबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, १६ फागुन । भोली हुन लागेको जनकपुर होली हँगामा कार्यक्रममा सरिक हुन भोजपुरी सुपरस्टारहरु आज जनकपुर आईपुगेका छन् ।
कार्यक्रमको पूर्वसन्ध्यामा आज दिउँसो जनकपुर आईपुगेका भोजपुरी सिने जगतका सुपरस्टार दिनेश लाल यादव निरहुआ, भोजपुरी क्वीन आम्रपाली दुवे तथा आईटम क्वीन सीमा सिँहले जनकपुरवासीहलाई आज धन्यवाद ज्ञापन गरेका छन् ।

भोली विहिबार हुने कार्यक्रममा जनकपुरवासीसँग ५ घण्टा होली खेल्न तयार भएर आएका स्टारहरु दिउँसो १ बजेदेखि हँगामा गर्नेछ ।

जनकपुरमा आज साँझ पत्रकार सम्मेलन गरी आयोजकले भोली हुन लागेको मैथिली भोजपुरी होली हँँगामा कार्यक्रमको प्रस्तुति र क्राइटेरिया बारे जानकारी गराएका छन् ।
सँचारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै सुपरस्टार निरहुआले भोजपुरीमा अश्लिलता ल्याउने फिल्म मेकरहरु पर गइसकेको दाबी गरे ।

भोजपुरी गीतमा अश्लिलता तथा दृश्यहरु परिवारसँग बसेर हेर्नपनि लाज लाग्ने गरेको सँचारकर्मीको प्रश्नमा जवाफ दिँदै अभिनेता यादवले आफूहरु त्यस्तो फिल्म बनाउन छाडिएको दाबी गरे ।

उनद्धारा अभिनित फिल्महरु निरहुआ हिन्दुस्तानी, परिवार जस्ता फिल्महरुलाई दर्शकले अत्यधिक मन पराएको बताए ।
अबको फिल्महरुमा दृश्याँकन गर्दा जनकपुरबाटै फिल्मको सुटिँग गर्ने प्रतिबद्धता उनले जाहेर गरे ।

जनकपुरमा आउदा अत्यधिक खुसी लागेको भन्दै यस्ता ठाउँहरुबाट दृश्यहरु छुटाउनु आफूहरुको दुर्भाग्य रहेको बताए ।
आगामी आउने फिल्महरुमा सुटिँगको लागि सम्पूर्ण युनिट सहित जनकपुरबाटै सुरुवात गर्नेपनि बताए ।
होली हँगामा कार्यक्रमको बारेमा बोल्दै उनले भोलीको कार्यक्रममा विशुद्ध साँस्कृतिमय हँगामा गर्ने बताए ।
आईटम क्वीन सीमा सिँहले दर्शकलाई झन झुमाउने प्रतिवद्धता जाहेर गरे ।
रुपकी धनि मानिएकी अभिनेत्री आम्रपाली दुवेले आफू पूर्णत गाउँको आभाष लिएर जनकपुरवासीलाई झुमाउने प्रतिवद्धता जाहेर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…