समाजको दानव साहुः ४० किलो चामलको बदला घर लिलाम !
आफुहरुलाई हेर्ने अब कोही नभएका कारण यो मुलुक छाडेर भारतमै गएर भिक्षा माँगेर बाँचे पनि त्यही बस्ने उनले रुदै सुनाइन ।

२०७८ बैशाख ३ शुक्रबार, बिहान १०:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर १ धिरापुरको एक गरिब परिवार देशबाटै विस्थापित हुने अवस्थामा आएका छन् ।
धिरापुर बस्ने तेतरी देवीले करिब ७ बर्ष पहिला गाउँकै एक जना साहु सँग आफनो बच्चाहरुको लालनपालन गर्नका लागि ४० किलो चामल सापटी लिएकी थिइन । साहुले ४० किलो चामल दिए वापत तेतरी सँग एउटा सदा कागजमा हस्ताक्षर गराए ।
पढन लेखन नजानेका तेतरी कस्तो कागजमा हस्ताक्षर गरेको थाहै पाएनन र उनी घर आए । एक बर्ष पछि तेतरी ४० किलो चामलको पैसा साहुलाई दिन जाँदा साहु जगदिश साहले २० हजार रुपैया माँग गरे र तेतरी देवीले जसोतसो रुपैया पनि दिइन ।

२० हजार पैसा पाएपछि साहु जगदिश साहले तेतरीलाई तिमिले मेरो चामलको पैसा दियोै भनेर हस्ताक्षर सादा कागजमा गराउँन लगाए । अनपढ तेतरीले फेरी औंठाछाप गरिदिइन । दिनवित्दै गयो र अहिले ६ बर्ष पछि साहु जगदिश साहले तेतरी माथि ९ लाखको मुदा अदालतमा दिएका छन् ।
अदालतबाट तेतरीको घरमा कागज पुग्दा तेतरीलाई छाङ्गाबाट खसे जस्तै भयो र उनि गाउँका केही मानिसहरुलाई लिएर साहु जग्दिश साह काहँ पुगिन । बेइमान साहु जगदिशलाई मैले ऋण कहिले लिएको भनेर प्र्रश्न गरे । तर बेइमान महाजन जगदिशले तेतरी र गाउँका मानिसहरुलाई उल्टै थर्काएर पठाए ।
त्यस पश्चात तेतरीले गाउँमै साहु जगदिश माथि पँचायत बसाए र उक्त पँचायतमा एक लाख रकम लिएर जगदिशले मुदा फिर्ता लिने सहमति गरे ।फेरी तेतरीले जग्दिशलाई १ लाख रकम दिए । तर उनले अदालतमा मुदा फिर्ता लिएनन बरु तेतरीको ३ कठा जग्गा कव्जा गरे ।

अहिले अदालतले समेत तेतरी माथि अन्याय गरेको छ उनी भक्कानिदै भनिन् । उनको सबै घर जग्गा निलाम गर्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको छ ।आदेश पाए लगतै बेइमान साहु जगदिश प्रत्येक दिन घर खाली गर्न तेतरी र उनका परिवारलाई गालिगलौज गर्नुका साथै धाकधम्की दिदै आएको छ ।
तेतरी न्यायका लागी ५ दिन पहिला जिल्ला प्रशासन कार्यालय महोत्तरी पुगेकी थिइन् र महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटराईलाई उनले आफु माथि भएको अन्याय सुनाइन । न्याय पाउँने आशले तेतरी जिल्ला प्रशासन कार्यालय महोत्तरी आएपनि अहिले सम्म तेतरीले न्याय पाउँन सकेको छैन । उनी ४० किलो चामलकै कारण घर ,जग्गा सबै गुमाएकी छिन ।

आफुहरुलाई हेर्ने अब कोही नभएका कारण यो मुलुक छाडेर भारतमै गएर भिक्षा माँगेर बाँचे पनि त्यही बस्ने उनले रुदै सुनाइन ।
सरकारले प्रत्येक नागरीकलाई गास,बास र कपासको व्यवस्था गरेको दावि गर्दे आइरहेपनि तेतरी जस्तो गरिबले पेट पाल्नकै लागि घर जग्गा सबै गुमाउँनु परेको छ । अहिले तेतरी एउटै प्रश्न गर्छिन कहाँ छन सरकार ?
नविन चौधरीले शिरिषन्यूजमा समाचार लेखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…