भारतको तेलुगु फिल्मको गीतमा जनकपुरकी मोडेल 'पुजा ठाकुर' को डान्स
आफ्नो नृत्य र एक्टीँगले दर्शकको मन मोहेकी पूजा ठाकुरले यो अवसर आफ्नो लागि सुनौली अवसर भएको प्रतिक्रिया दिएकी हुन् ।

२०७८ बैशाख २ बिहीबार, राति ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरकी चर्चित मोडेल एवम् नृत्याँगना पूजा ठाकुरलाई भारतको एक तेलुगु फिल्मको गीतमा नृत्यको अवसर मिलेको छ ।
मैथिली, भोजपुरी, नेपाली भाषाको विभिन्न गीत र सिरियलमा काम गरेकी पूजा ठाकुरलाई पहिलो पटक भारतबाट यस्तो अफर आएको हो । ठाकुरलाई एक विशेष गीतमा नृत्य हुने बताइएको छ ।
भारतको हैदराबादमा अहिले सुटिँग भइरहेको तेलुगु मुवी 'गोरमाटी' को एक गीत 'लेट्स गो बेबी Party' टाईटलको गीतमा पूजा ठाकुरले अभियन र नृत्य दिने जनाइएको छ । ठाकुरको साथै नेपालबाट अभिनय सिँह समेत सेलेक्ट भएका हुन् ।
.jpg)
बन्जारा भिक्स मुवीको बैनरमुनी निर्माण हुन लागेको फिल्म गोरमाटीको विशेष गीतमा पूजा ठाकुर र अभिनय सिँहले नेपालबाट अभिनय दिने निर्देशक शँकर जादवले जनाएका छन् । फिल्मको प्रोडुसर रिख्या नायक रहेको छ ।
विभिन्न समयमा आफ्नो नृत्य र एक्टीँगले दर्शकको मन मोहेकी पूजा ठाकुरले यो अवसर आफ्नो लागि सुनौली अवसर भएको प्रतिक्रिया दिएकी हुन् । उनले मधेश र मिथिलाको नाम पनि यो मूवीसँग जोडिने बताइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…