जनकपुरः ४६ लाखको खानेतेल ट्रकबाटै गायब, केही कार्टुन ढल्केवरमा भेटियो
फेला परेको ट्रक र तेल खरिद बिक्री भएको सूचनाको आधारमा छानबीन भइरहेको उनले जानकारी गराए ।

२०७८ बैशाख १ बुधबार, राति १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सुनसरीको दुहबीबाट खानेतेल बोकेको ट्रक चैत २४ गते स्याङ्जाको बालिङ्गको लागि निस्किएको ट्रकबाट ४६ लाख रुपैयाँ बराबरको तेल गायब भएको हो ।
त्यो ट्रकमा राखिएको खानेतेल स्याङ्जा नपुग्दै बाटैबाट गयाब भएको छ । तेल बोकेको ट्रक प्रहरीले धनुषाको ढल्केबरबाट मंगलबार वेवारिसे अवस्थामा फेला पारेको छ । त्यसमा केही कार्टुन मात्र तेल पाइयो।
ट्रक चालक र सहयोगी फरार छन् । त्यही चालक वा अन्य व्यक्तिको संग्लनतामा तेल चोरी गरी बेचेको हुनसक्ने प्रहरीको अनुमान छ। सिरहाको लहान, सुखीपुर, गोलबजारमा तेल बिक्री भएको सूचना पाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
ट्रकमा २२ सय कार्टुन पशुपति उद्योगका ‘हेलो सनफलाबर’ खानेतेल करिब ४६ लाख रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीपराज भण्डारीले बताए ।
फेला परेको ट्रक र तेल खरिद बिक्री भएको सूचनाको आधारमा छानबीन भइरहेको उनले जानकारी गराए । अन्नपूर्ण पोष्टमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…