निरहुआ र आम्रपाली जनकपुरमा
न्यूज ब्यूरो || जनकपुरधाम, १६ फागुन । भोजपुरी सिने जगतका सुपरस्टार अभिनेता दिनेशलाल यादव निरहुआ र प्रसिद्ध अभिनेत्री आम्रपाली दुबे केही बेरमै जनकपुर आउने भएका छन् । भोली १७ गते जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरिएको जनकपुर होली हँगामा कार्यक्रममा रसदान गर्न उनीहरुलाई आज केही बेरमै जनकपुर विमानस्थलम

२०७४ फागुन १६ बुधबार, बिहान ९:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १६ फागुन । भोजपुरी सिने जगतका सुपरस्टार अभिनेता दिनेशलाल यादव निरहुआ र प्रसिद्ध अभिनेत्री आम्रपाली दुबे केही बेरमै जनकपुर आउने भएका छन् ।
भोली १७ गते जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरिएको जनकपुर होली हँगामा कार्यक्रममा रसदान गर्न उनीहरुलाई आज केही बेरमै जनकपुर विमानस्थलमा अवतरण गर्ने भएको हो ।
भोली विहिवार दिउँसो १ बजेदेखि सुरु हुने मैथिली भोजपुरी साँस्कृति कार्यक्रम होली हँगामाको लागि आज जनकपुर आउन लागेको आयोजक सँतोष राजले न्यूज ब्यूरोलाई जनाए ।
राजका अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ, कार्यक्रमको मुख्य आकर्षण निरहुआ र आम्रपाली दुबे काठमान्डौँबाट प्लेन चढिसकेको अवस्था छ , अब केही बेरमै जनकपुरमा अवतरण गर्ने कार्यक्रम छ ।
होली हँगामा कार्यक्रममा सहभागी हुनको लागि तोकिएको टिकट दर १००० र ५०० बाट पनि आज मात्र २०० मा टिकट विक्री गरिने आयोजकले जनाएको छ ।
निरहुआ र आम्रपालीलाई हेर्न हजारौँको सँख्यामा दर्शक ओर्लने विश्वास आयोजकको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…