धनुषा नक्टाझिजको ३ घरमा चोरी, एक चोर स्पोटमै समातिए
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले एक जना चोर समातिएको बताएपनि चोरको विषयमा अनुसन्धान भईरहेकोले नाम ठेगाना खोल्न चाहेका छैनन् ।

२०७७ चैत ३१ मंगलबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ

विनोद कुशवाहा, धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा गएराति ३ वटा घरमा चोरी भएको छ । चोरी गर्दै गर्दा स्थानीयहरुले एक जना चोरलाई समातेको छ ।
चोरले ३ जनाको घरमा घरको भित्ता काटेर (सईन) चोरी गरेको स्थानीयले बताएका छन् । चोरले विश्वकर्माचौक स्थित स्थानीय ओपेन्द्र महतो, बम राय र स्वास्थ्य चौक नजिक भगलु महतोको घरमा घरको भित्ता (सईन) काटेर चोरी गरेको छ ।
यता, चोरी गर्दे गर्दा भगलु महतोको घरमा एक चोर समातिएको छ । चोरलाई राति नै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरेको जिम्मा लगाएको स्थानीयहरुले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले एक जना चोर समातिएको बताएपनि चोरको विषयमा अनुसन्धान भईरहेकोले नाम ठेगाना खोल्न चाहेका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…