१६ लाख रुपैयाँ सहित तीन हुण्डी कारोबारी पक्राउ
वीरगँज महानगरपालिका वडा नम्बर १० आदर्शनगर बस्ने बर्ष ५० को उमेश शर्माको समेत सो कारोवारमा सलंग्नता रहेको खुल्न आएको हो ।

२०७७ चैत २६ बिहीबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को वीरगँजबाट तीन जना हुण्डी कारोबारी Hundi Karobari पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा अवैध वित्तीय कारोवार (हुण्डी) बुधबार दिउँसो करिब २ः३० बजेको समयमा वीरगँज महानगरपालिका वडा नम्बर १० रानीघाट सडक खण्डबाट पक्राउ गरिएको हो ।
ना. १२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा चढी आइरहेकोमा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नम्बर १० रानीघाट पुल स्थितमा रोकी जाँच गर्ने क्रममा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ४ पश्रामपुर बस्ने बर्ष ४५ को तवारख देवान र ,बर्ष ६० को जोखन साई फकिरको साथबाट स्रोत खुल्न नसकेको नेपाली १६,००,००० रुपैयाँ फेला परेको थियो ।
उनीहरुलाई नगद र मोटरसाईकल सहित नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गर्दा वीरगँज महानगरपालिका वडा नम्बर १० आदर्शनगर बस्ने बर्ष ५० को उमेश शर्माको समेत सो कारोवार Hundi karobar मा सलंग्नता रहेको खुल्न आएको हो ।
उमेश शर्मालाई समेत नियन्त्रणमा लिई तिनै जनालाई वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा आजै पर्सा जिल्ला अदालतको आदेशले ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…