8 GB डाटा सहित Smart Cell को सिमकार्ड विल्कुल फ्रिमा !
थप डेटा दोस्रो महिनादेखि पाँच महिनासम्म प्रत्येक रिचार्जमा एक जीबीका दरले प्राप्त हुनेछ । त्यसका लागि कम्तिमा एक सय रुपैयाँको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।

२०७७ चैत २६ बिहीबार, बेलुकी ६:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । देशकै तेस्रो मोबाइल सेवा प्रदायक कम्पनीले आकर्षक डेटा सहितको सिमकार्ड निःशुल्क उपलब्ध गराउन थालेको छ । कम्पनीले आफ्ना स्मार्ट सेन्टरहरुमार्फत यस्तो सुविधा दिन थालेको हो ।
स्मार्ट सेलका अनुसार आफ्नो स्मार्टफोन सहित ग्राहक आफैं स्मार्ट सेन्टरमा पुग्नुपर्नेछ । जहाँबाट उनीहरुले ८ जीबी डेटा सहितको सिमकार्ड निःशुल्क पाउन सक्नेछन् । यद्यपी डेटा सहितको निःशुल्क सिमकार्डका लागि शर्तहरु लागु हुने कम्पनीले स्पष्ट पारेको छ ।
हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमका अनुसार यस्तो सिमकार्डमा ग्राहकले एक्टिभ गर्ने वित्तिकै दुई जीबी र ५ महिनासम्म एक एक जीबी डेटा र २० मिनेट टकटाइम पाउने छन् ।
थप डेटा दोस्रो महिनादेखि पाँच महिनासम्म प्रत्येक रिचार्जमा एक जीबीका दरले प्राप्त हुनेछ । त्यसका लागि कम्तिमा एक सय रुपैयाँको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…