मधेशकै प्रसिद्ध सिरहाको एतिहासिक 'सल्हेश फूलबारी मेला' नलगाउन प्रशासनको पत्र
कोभिड–१९ को जोखिम कायमै रहेकोले त्यस्ता मेला, धार्मिक कार्यक्रम, उत्सव जस्ता बढी भीडभाड हुने स्थानमा नजान समेत प्रशासनले आग्रह गरेको हो ।

२०७७ चैत २५ बुधबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । तराई मधेशकै प्रसिद्ध र पौराणिक इतिहास बोकेको सिरहाको सल्हेश फूलबारीको मेला यसपाली पनि नलगाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
छिमेकी मूलुक भारतमा तीव्र रुपमा बढदै गएको कोभिड–१९ कोरोना भाइरस सँक्रमणलाई मध्यनजर गर्दै सिरहामा समेत फैलिन नदिनको लागि प्रशासनले बैशाख १ गते लाग्ने मेला नलगाउन आग्रह गरेको हो ।
सयौं वर्षदेखि सिरहाको पतारीमा लाग्दै आएको एतिहासिक सल्हेश फूलबारी मेला गत वर्ष पनि कोरोनाको कारण प्रशासनले रोक लगाएको थियो भने यसपाली पनि यही महिनामा कोरोनाको दोस्रो वेभ सुरु भएपछि प्रशासन अलर्ट जारी गरेको हो ।

“मेला पर्वहरुमाथि रोकलगाउने निर्णय समेत भएको देखिएकोले सिरहा जिल्लामा प्रत्येक वर्ष नयाँ सालको अवसरमा सिरहा, लहान, भगवानपुर, लक्ष्मिपुर लगायतका पालिकाका विभिन्न स्थानमा फुलवारी मेला, शलहेश मेला, मानिकदह पकरिया मेला लगायत बढी भीडभाड हुने मेला,जग, धार्मिक एवं प्रवचन कार्यक्रम, मौतका कुवा, सांस्कृतिक कार्यक्रम रमाईलो मेला जस्ता बढी भीडभाड हुने कुनै पनि कार्य नगर्नुुनगराउनु हुन सम्वन्धित स्थानीय तह आयोजक संस्थालाई अनुरोध गर्ने निर्णय गरियो ।”– जिल्ला प्रशासन कार्यालय सिरहा तथा निमित्त सिडिओ कृष्ण कुमार निरौलाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
कोभिड–१९ को जोखिम कायमै रहेकोले त्यस्ता मेला, धार्मिक कार्यक्रम, उत्सव जस्ता बढी भीडभाड हुने स्थानमा नजान समेत प्रशासनले आग्रह गरेको हो । त्यसको लागि सबै स्थानीय तहले प्रचार प्रसारको लागि अनुरोध गर्न भनिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…