नेपालको राजनीति

पदमुक्त भएपछि नेता प्रभु साहले भने,–'प्रचण्डको निर्णय लोकतन्त्रको उपहास'

निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएको आरोप उनको छ ।

२०७७ चैत २५ बुधबार
बिहान ०८:२० बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रबाट निर्वाचित भई साँसद बनेका नेता प्रभू साहलाई पार्टीले कारवाही गरेपछि प्रचण्डको निर्णय लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् । 

उनले आफ्नो अधिकारिक फेसबुक पेजमा जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको प्रतिक्रिया दिएका छन् ।

“आफु चुनाव जित्नलाई नेकपा एमालेसंग एकता÷सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख़्नेहरूले हामी साझा घोषणा–पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन ।”

निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएको आरोप उनको छ ।

“यथार्थ रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिकरकानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ।”– उनले लेखेका छन् । 

मँगलबार नेकपा माओवादी केन्द्रले प्रभु साहसहित ४ जना साँसदलाई स्पष्टिकरण सोधेपछि त्यसको जवाफ नआएको भन्दै पाँचै जना साँसदलाई पदमुक्त गरेको हो । 

  • 3%
  • 62%
  • 3%
  • 3%
  • 3%
  • 3%

Why Men rape?

  • २०७७ चैत २५ बुधबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus

} }