मैथिली फिल्म सन्तानको शुभमुहूर्त, चर्चित कलाकारहरुको अभिनय रहने 

२०७७ चैत २३ सोमबार
दिउसो १२:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली सिने जगतमा नयाँ फिल्म सन्तानको एक कार्यक्रमबीच आईतबार शुभमुहूर्त गरिएको छ । 

वर्तमान समाजमा सन्तान, सन्तानप्रतिको दोहोरो चरित्र, सन्तानको आमावुवाप्रतिको व्यवहार सहित हाम्रो समाजमा देखिने घटनाक्रमलाई लिएर मैथिली सिनेमा निर्माण गर्न लागिएको हाँस्य कलाकार अभिनाश झाले जानकारी दिए । 

तराई मधेशको विभिन्न जिल्लामा छायाँकन (सुटिँग) गरिने सो फिल्मको लागि आईतबार विभिन्न कलाकारहरुको उपस्थितिमा शुभ मुहुर्त गरिएको हो । 

तराई मधेशको वेभ सिरिज र कामेडीको लागि चिनिएका कलाकार अविनाश झा (लडुवा), गायक अरुण बिजैया, ईशिका भूजेल, कौशिल्या ठाकुर, अनुभक्त, अशोक सिँह, बैजनाथ साह (बाबा), राजेन्द्र गजु, अधिकारीलाल यादव, आकाश विक, पिपही (सँजय राउत), अर्जुन यादव र राहुल यादव लगायतको उपस्थितिमा फिल्म सुटिँग सुरु गरिएको हो । 

फिल्म सुटिँग पश्चात २०७८ सालभित्रै फिल्म रिलिज गरिने कलाकार अविनाश झाले बताए ।  

  • 11%
  • 0%
  • 11%
  • 0%
  • 0%
  • 0%

'पार्टी फोडुवालाई पार्टीभित्र राख्दैनौ, उपेन्द्र यादवलाई कारवाही हुन्छ' : नेता महतो 

  • २०७७ चैत २३ सोमबार

न्यज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले उपेन्द्र यादवलाई पार्टी फोडने प्रयास गरेको भन्दै अनुशासनको तहत कारवाही गरी निस्कासन गर्ने बताएका छन् ।  उपेन्द्र यादवको सत्तामोहका कारण

पूरा पढ्नुहोस्

Bureau Menus