जनकपुर–धनुषाधाम सडकखण्डमा चक्काजाम
यता, धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले धुलोको कारण समस्या भइरहेको तथा नगरपालिकाबाट मौखिक र अधिकारिक पहल गरेको दाबी गरे ।

२०७७ चैत २३ सोमबार, बिहान ७:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुधामदेखि धनुषाधामसम्मको सडकखण्ड स्थानीयहरुले आइतबार जाम गरे ।
सो सडकखण्ड धुलाम्य भएपछि आम नागरिकलाई स्वास्थ्यमा नाकारात्मक असर पर्न थालेको भन्दै धनुषाधाम नगरपालिका वडा नम्बर २ मँगलपुरस्थित स्थानीयहरुले चक्काजाम गरेका थिए ।
धनुषाधाम देखि जनकपुरधाम जाने बाटोमा धुलोको कारणले जनजिवनमा प्रभावित हुँदै गए पनि सम्बन्धित निकायहरु मौन भएपछि स्थानीयहरुले चक्काजाम गर्न बाध्य भएको बताइएको छ ।
दैनिको जिवनयापन गर्न स्थानीयहरुमा धुलोको कारण समस्या हुँदै आएको आरोप स्थानीयहरुको छ । बाटोमा दुर्घटना पनि त्यतिकै हुँदै आएपनी निराकरण गर्न कुनै निकाय चासो नदेखाएको स्थानीयहरु आरोप लगाएको छ ।
धनुषाधाम नगरपालिका २ मंगलपुर स्थित स्थानीय युवा राकेश कर्णको अगुवाईमा धुलो न्यूनीकरण गर्न दबाब सिर्जना गर्न बाटो बन्द गरिएको थियो ।
यता, धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले धुलोको कारण समस्या भइरहेको तथा नगरपालिकाबाट मौखिक र अधिकारिक पहल गरेको दाबी गरे ।
उनले केन्द्र सरकारको, प्रदेश सरकारको योजना भएपनि समय समयमा नगरपालिकाबाट पानी पटाई धुलो न्यूनीकरण गर्नै प्रयास गरिरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…