धनुषाको प्रत्येक निर्वाचन क्षेत्रमा यी सडकहरु पीच (कालोपत्रे) हुने
यसरी १६५ वटा सडकको कुल २२१० किलोमिटर हुने र यसका लागि ५७ अर्ब १० करोड रुपैयाँ बजेट चाहिने मन्त्रालयको आंकलन छ ।

२०७७ चैत २२ आइतबार, बिहान ७:५७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । शनिबार देशैभरिको १ सय ६५ सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले सडक कार्यक्रमको शुभारम्भ गरेका छन् ।
सो क्रममा देशैभरिको लागि हरेक निर्वाचन क्षेत्रमा कम्तीमा १ वटा रोड बन्ने कार्यक्रम अन्तर्गत धनुषाको ४ वटा निर्वाचन क्षेत्रमा पनि १ १ सडक निर्माण हुने भएको छ ।
सो क्रममा धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य एवम् पूर्व मन्त्री मातृका प्रसाद यादवको निर्वाचन क्षेत्रमा धनुषाको हँसपुर कठपुल्लादेखि डाँडाटोलसम्मको सडक निर्माणको योजना प्रविष्ट गरिएको हो ।
१६५ वटै संघीय निर्वाचन क्षेत्रमा तीन वर्षभित्र एकएक पटक सडक बनाउने यो कार्यक्रमको प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित विशेष समारोहमा स्वीच थिचेर शुभारम्भ गरेका हुन् ।
सोही क्रममा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य उमा शँकर अडगरियाको निर्वाचन क्षेत्रको धनुषाको खजुरी चन्हादेखि माचि झिटकैया, नाथपट्टि हुँदै डुमरियासम्म कालोपत्रे (पिच) हुने कार्यक्रम राखिएको छ ।
सांसदहरुले स्थानीय पूर्वाधार विकास कार्यक्रममा ठूलो दरमा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमा एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रम अघि सारेको थियो । यसका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…