जनकपुरः आफ्नै श्रीमान र प्रेमी मिलेर महिलाको हत्या गरेको खुलासा, श्रीमान थुनुवा, Lover फरार !
कान्छी श्रीमति ल्याएदेखि नै जेठी श्रीमतिसँग उनको निरन्तर खटपट हुँदै आएको स्थानीयहरु बताउँछन् ।

२०७७ चैत २१ शनिबार, राति ८:१२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको कमला नगरपालिकास्थित एक महिलाको हत्या प्रकरणमा उनकै श्रीमान जेलमा थुनुवामा पठाइएको छ ।
गत फागुन ४ गते विहान धनुषाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयास्थित विहान करिब ५ बजेको समयमा एक स्थानीयले खेतमा महिलाको लास देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
सोही प्रकरणमा इलाका प्रहरी कार्यालय खजुरीले मृतक महिलाकी श्रीमान खुसिलाल गडेरी राउतलाई जिल्ला अदालत धनुषाले पूर्वपक्षको लागि कारागार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रका अनुसार, महिलाको सोही ठाउँ बस्ने सोनु भन्ने सुनिल महतोसँग प्रेम सम्बन्ध रहेको थियो । घटना भएदेखि नै सुनिल पनि फरार रहेका छन् ।
खुसिलाल गडेरीलाई उनकी कान्छी श्रीमतिको आफन्त सप्तरी जिल्लास्थितबाट खजुरी प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर हिरेन्द्र रोकायाका अनुसार घटनाको करिब एक सातामै खुसिलाल गडेरीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो ।
अनुसन्धानको क्रममा खुसिलालले सोही टोल बस्ने सुनिलसँग प्रेम सम्बन्ध रहेको र आफू पनि मार्ने चाहेको बयान दिएको बताइएको छ । मृतक खुसिलालकी जेठी श्रीमति थिइन, खुसिलाल दुई वटा बिहे गरेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…