सिरहामा प्रहरीको लुटधन्दा, कमला बाँधमा गरिबलाई लुटदै !
कमला नदीको बाँधमा रहेको प्रहरीको यस्तो व्यवहारको कारण स्थानीयहरु सहित आम नागरिक समेत आजित भएका छन् ।

२०७७ चैत २१ शनिबार, बेलुकी ६:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाको बसबिट्टा स्थित डयूटिमा रहेका सिरहा प्रहरीले आम सर्वसाधारणलाई सास्ती दिने गरेको देखिएको छ ।
धनुषा जिल्ला र सिरहा जिल्ला जोडने कमला नदीको सिरहापट्टिको बसपिट्टा घाटको छर्की (बाँध) मा खटेका प्रहरीहरुले सर्वसाधारणहरुसँग ५० देखि ५०० सम्म रुपैयाँ लिएर मात्र समान लैजान दिने गरेको छ ।
छर्कीमा खट्ने प्रहरीले तस्करसँग लाइन मिलाएको छ भने भारतबाट घरायसी प्रयोजनको लागि ल्याउने केही समान वापत अनिवार्य रुपैयाँ लिएर सास्ती दिने गरेको देखिएको छ ।
स्थानीय एक प्रत्यक्षदर्शीका अनुसार, घरायसी समान ल्याएको वापत पनि गरिब, निमुखाहरुसँग ५० देखि ५०० रुपैयाँसम्म लिने गरेको छ । बाँधमा महिनेपिच्छै प्रहरीको डयुटि परिवर्तन गरिने गरेको स्थानीयहरु बताउँछन् ।
भारतको जयनगर वा अन्य ठाउँबाट ल्याउने घरायसी प्रयोजनको समानलाई समातेर अतिरिक्त पैसा नदिएसम्म रोकेर राख्ने गरेको पनि देखिएको छ । यहाँसम्म की गरिब, निमुखाको समान समेत खोसेर लग्ने गरेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए ।
“भारतबाट अवैद्य रुपमा कुखुरा ल्याउने तस्करहरुसँग उनको सेटिँग छ । जतिबेला पनि साईकलको साईकल भरेर अवैद्य कुखुरा ल्याउनेलाई ईसारा गरी अगाडी बढन दिन्छन् । सोही ठाउँमा मर, मशाला ल्याउने गरिबलाई समातेर बट्टी जस्तो लिने गरेको छ ।”– एक स्थानीय पसलेको कथन छ ।
सो ठाउँमा डयुटीमा रहने नयाँ प्रहरीसँग तस्करहरुले पनि लाइन मिलाउँछन् । महिनाबारी रुपमा लिएर तस्करहरुलाई लाइन दिने गरेको बताइन्छ ।
“एक दिन त धनुषाबाट आफन्त कहाँ सिरहा तर्फ जाँदै गरेको एकजनालाई मिठाई नै खोसे । विवाहमा घरबाटै केही मिठाई बनाएर आफन्त कहाँ जाँदै गएको एक व्यक्तिको साईकल नै खोसेर पैसा मागे, उ सँग पैसा थिएन र धेरैबेरसम्म बार्गेनिँग गरेपछि प्रहरीले भाँडोबाट २ किलो जति मिठाई नै निकाले । यो देखेर रिसाएका ती मान्छेले सबै मिठाई नै त्यही फालिदिए र रुँदै त्यहाँबाट निस्के ।”– स्थानीय प्रत्यदर्शीको कथन छ ।
त्यहाँ खटने प्रहरीले सर्वसधारणसँग ५० रुपैयाँको रिचार्ज कार्ड पनि लिएर छाडने गरेको बताइएको छ । साधारण कुरामा पनि मोबाइलमा रिचार्ज कार्डको लागि समेत बार्गेनिँग गरी दबाब बनाउने गरेको बताइएको छ ।
कमला नदीको बाँधमा रहेको प्रहरीको यस्तो व्यवहारको कारण स्थानीयहरु सहित आम नागरिक समेत आजित भएका छन् ।
यसको भिडियो प्रमाण सुरक्षित छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…