जनकपुरमा पेट्रोल छर्केर युवकलाई जिउँदै जलाउने प्रयास !
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, आरोपित मण्डल फरार रहेकोमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको हो ।

२०७७ चैत १७ मंगलबार, बिहान १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक युवकमाथि पेट्रोल छर्केर जिउँदै जलाउने प्रयास गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर बस स्टैण्ड स्थित सोमबार होलीको दिन एक युवकमाथि अति प्रज्वलनशिल पदार्थ पेट्रोल छर्केर जीउमा आगो लगाएको प्रहरीले जनाएको छ ।
कपिलेश्वर बस स्टैण्डस्थित बस्दै आएका विनोद शर्माका अन्दाजी बर्ष २४ को कृष्णा शर्मालाई सोही स्थान बस्ने उमेश मण्डलको छोरा अन्दाजी बर्ष १९ को अजय मण्डलले पेट्रोल छर्केर आगो लगाएका थिए ।
कपिलेश्वर बस स्टैण्डमै होटल खोलेर व्यावसाय सँचालन गर्दै आएका उनीहरु सोमबार होली खेल्ने क्रममा समान्य विवाद भएपछि शर्मालाई जलाउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी प्रवक्ता मकेन्द्र मिश्रका अनुसार, मादक पदार्थ सेवन गरी मण्डलले शर्मामाथि पेट्रोल छर्केर आगो लगाइदिएका थिए । आगो लगाइदिएपछि उनको शरिरको २५ प्रतिशत भाग जलेको छ ।
आगो लगाइदिएपछि त्यहाँ उपस्थिति स्थानीयहरुले उनको आगो निभाएको थियो, त्यतिबेलासम्म उनको शरिरको एक चौथाई जलिसकेको थियो । बच्नको लागि शर्मा सोही स्थानमा रहेको नालामा हाम्फालेका थिए ।
नालामा हाम्फालेर उनले आफ्नो शरिर थप जल्नबाट बचाएका थिए । उनको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको थियो भने अहिले एक नीजि अस्पतालमा भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, आरोपित मण्डल फरार रहेकोमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…