जनकपुरः हातीले घरमै पसेर आक्रमण गरेपछि एक जनाको मृत्यू !
हात्तीले घरमा भएका चामललगायत अन्न खाइदिएको छ। गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गल प्रवेश गरेको थियो।

२०७७ चैत १६ सोमबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको ढल्केवरमा हातीले आक्रणम गर्दा एक जनाको मृत्यू भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ खप्तरी टोलमा गएराती जँगली हातीले आक्रणम गर्दा स्थानीय एक वृद्धको मृत्यू भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको हो।आइतबार राति ११ बजे घरमा सुतिरहेको अवस्थामा मगरलाई हात्तीले आक्रमण गरेको थियो।
सुतिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेका मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको प्रहरीले जनाएको छ ।
खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारणाबीच भागदौड मच्चिएको थियो। गाउँ पसेका हात्तीले गाउँको १० वटा घरमा क्षति पुर्याएको छ।
हात्तीले घरमा भएका चामललगायत अन्न खाइदिएको छ। गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गल प्रवेश गरेको थियो।
गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ। जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादुरको घर दुई बर्षअघि पनि हात्तीले भत्काईदिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…