PSP Computer & Coaching Center द्धारा जनकपुरको विभिन्न धार्मिकस्थलमा सरसफाई
सो क्रममा जनकपुरको गँगासागर पोखरीको चारैतर्फ, राम मन्दिर, राजदेवी मन्दिर, जानकी मन्दिर, धनुषसागर पोखरी, स्वर्गद्धारी (भूतनाथ मन्दिर) मा वृहत सरसफाई गरेको हो ।

२०७७ चैत १३ शुक्रबार, बेलुकी ५:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको PSP Computer & Coaching Center ले जनकपुरधामको विभिन्न धार्मिकस्थलहरुमा सरसफाई गरेको छ ।
भोली शनिबार १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर जनकपुर आउने भएपछि जनकपुरको विभिन्न मठ, मन्दिर सहित धार्मिक स्थलहरुमा वृहत सरसफाई गरेको हो ।
सो क्रममा जनकपुरको गँगासागर पोखरीको चारैतर्फ, राम मन्दिर, राजदेवी मन्दिर, जानकी मन्दिर, धनुषसागर पोखरी, स्वर्गद्धारी (भूतनाथ मन्दिर) मा वृहत सरसफाई गरेको हो ।

PSP Computer & Coaching Center का प्रबन्धक निर्देशक प्रमोद कुमार साहका अनुसार, माध्यमिकी परिक्रमाको धार्मिक लस्करलाई मध्यनजर गर्दै त्यसको पूर्वसँध्यामा वृहत सरसफाई गरेको हो ।
PSP Computer & Coaching Center का विद्यार्थीहरुले सो सरसफाई कार्यक्रम गरेको थियो । उनीहरुले कक्षा सकाएर केही बेर समुदायिक कार्यमा समय दिएको बताइएको छ ।
जनकपुरको कदमचोक स्थित रहेको सो PSP Computer & Coaching Center मा कम्प्यूटर शिक्षा सहित विभिन्न कक्षाको कोचिँग समेत गराउँदै आएको सँचालक प्रमोद साहले जानकारी दिए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…