भोलीदेखि माछा, मासु र दारु बन्द, होलीको कुनै पनि कार्यक्रम गर्न नपाइने !
१५ गतेसम्म जनकपुरमा माछा, मासु, मदिरा निषेध गरिएको छ भने १६ गते र १७ गते जिल्लाभरिको सार्वजनिक स्थानमा दिनभरि दारु बेच्न वा सेवनमा निषेध गरेको छ ।

२०७७ चैत १३ शुक्रबार, दिउँसो ४:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय प्रशासनले भोलीदेखि माछा, मासु तथा दारु (मदिरा) विक्री वितरणमा रोक लगाउने भएको छ ।
नेपालकै सबभन्दा ठुलो पदयात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमा भोली शनिबार जनकपुर आउने भएपछि स्थानीय प्रशासनले शुक्रबार (आज) राती १२ बजेदेखि लागू हुने गरी मासु, माछा, मदिरा पूर्ण रुपमा निषेधको सूचना जारी गरेको हो ।
गत फागुन २८ गते नै जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै परिक्रमाको धार्मिक लस्करलाई मध्यनजर गरी परिक्रमाको पडावस्थल (विश्रामस्थल) मा एक दिन अगावैदेखि नै माछा,मासु र दारु बन्दको लागि निर्देशन जारी गरेको थियो ।
१५ गतेसम्म जनकपुरमा माछा, मासु, मदिरा निषेध गरिएको छ भने १६ गते र १७ गते जिल्लाभरिको सार्वजनिक स्थानमा दिनभरि दारु बेच्न वा सेवनमा निषेध गरेको छ ।

सोही क्रममा शनिबार (भोली) परिक्रमाको धार्मिक लस्कर विहानैदेखि अन्तरगृही परिक्रमाको लागि आउने भएपछि दुई दिन माछा, मासु, दारु पूर्णतः निषेध गरिएको हो । भोली शनिबार परिक्रमाका श्रद्धालुहरु जनकपुर विश्राम गरी आईतबार (पर्सी) जनकपुरको पँचकोशी (५ कोष) को अन्तरगृह परिक्रमा गर्नेछन् ।
यसका साथै, शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाले आगामी चैत्त १६ गते र १७ गते विहानैदेखि बेलुकासम्म सार्वजनिक स्थानमा मदिरा सेवन वा विक्री वितरण नगर्न निर्देशन जारी गरेको छ ।
दुई दिन सूर्योदयदेखि लिएर सूर्यास्तसम्म जुनसुकै सार्वजनिक स्थानमा मदिरा विक्री वितरण तथा सेवन निषेध गरिएको जनाइएको छ । स्थानीय प्रशासनले कोभिड–१९ को सँक्रमणलाई मध्यनजर गरी घरपरिवारभित्रै होली मनाउन आग्रह गरेको हो ।
यस्तै, सडक, चौक, चौराहा वा सार्वजनिक स्थानमा होलीको कुनै पनि साँस्कृति वा अन्य कार्यक्रमहरु नगराउन सूचना जारी गरेको छ ।
तराई मधेशमा चैत्त १६ गते होली पर्व मनाउने भएको छ । कोरोनाको सँक्रमण भन्दै प्रशासनले यसपाली पनि होलीको कार्यक्रमहरु गर्नबाट रोक लगाएको हो । तराई मधेशमा होलीको रौनक बसन्त पँचमीदेखि नै देख्न सकिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…