पत्रकारको बैंक स्टेटमेन्ट र नयाँ सदस्यता - निर्लज्जता !
पत्रकार महासंघ हामी सवैको साझा र आफ्नो छाता संगठन होस । महासंघ भित्र पत्रकारको प्रवद्र्धन र अधिकारकै लागि हातेमालो होस भन्ने शुभेक्क्षा सहित विदा ।

२०७७ चैत १३ शुक्रबार, बिहान ९:०० बजे४ मिनेट पढाइ
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले गत वर्ष नयाँ सदस्यताको लागि आव्हान गरेको थियो । नेपाल पत्रकार महासंघको सदस्यता लिनलाई आवश्यक कागजातसंगै उक्त पत्रकारले काम गर्ने मिडियाबाट पाउदै आएको तलबको बैंक स्टेटमेन्ट समेत मांगिएको थियो । धेरैले उक्त बैंक स्टेटमेन्ट बुझाएपनि ।
महोत्तरीमा ३९ जनाले नयाँ सदस्यताको लागि आवेदन दिएकोमा यसै साता सो मध्ये ९ जनाले सदस्या पाएका छन ।
तर आवेदन दिएका मध्ये अधिकांस कृयाशिल पत्रकार सदस्यता लिनबाट बन्चित रहे । नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा सम्पर्क गर्दा सदस्यता नपाएका अधिकांशको बैंंक स्टेटमेन्ट नभएकोले उनको नाम सदस्यताको लागि सिफारिस नगरेको जवाफ फर्कायो ।
एकजनाले त बैंक स्टेटमेन्ट समेत पेश गरेकोमा उनको फाईलको पछाडी बैंक स्टेटमेन्ट नभएको भनेर लेखेको र उनलाई सदस्यता नदिएको प्रतिकृया दिए । बैंक स्टेटमेन्ट र नयाँ सदस्यता वितरण विचको अन्तर सम्बन्ध जान्न निक्कै ईक्षा भयो र त्यसबारे सोध्दा शाखा अनुत्तरित हुदै कार्यसमितिको निर्णय भन्दै पन्छिन खोज्यो ।
आखिर बैंक स्टेटमेन्ट नहुदा वा हुदा समेत ति आवेदन दिएका पत्रकारहरु कसरी योग्य वा अयोग्य त ? पत्रकार हुनलाई चाहिने योग्यता र सदस्य हुनलाई चाहिने योग्यतासंगैको आवेदकले काम गर्दै आएको मिडियाको परिचयपत्र,नियुक्तीपत्र वा अन्य केहि सपोर्टिंग कागजात पर्याप्त हुनु पर्ने ठाउमा उनले बैंकको माध्यमले तलब पाए वा नपाएको बैंक स्टेटमेन्ट सदस्यता दिनकै लागि वाधक बन्नु अकल्पनिय विषय हो जस्तो अधिकांशलाई लाग्नु पर्ने हो तर सो वारे समयमै पत्रकारका नेताहरुबाट समेत पहल नभएको देखियो ।
मेरो बुझाईमा पत्रकार महासंघले पत्रकारको हक अधिकार प्रवर्धन गर्न मुल ध्येय,लक्ष्य र दायित्व हुनु पर्ने हो । तर सदस्यता दिनै वेला उनीहरुसंग पत्रकार महासंघबाटै अधिकार हनन हुनु दुखद हो ।
कहि नभएको जात्रा महोत्तरी शाखामा भएको देख्दा दुःख लाग्नु स्वभाविक हो । जिल्लामा पत्रकारिता क्षेत्रमा नाम नै चलेका पत्रकारहरु यस वर्ष सदस्यता पाउन सकेनन । कागजी कारणमा बैंक स्टेटमेन्ट नै मुल देखियो भने आन्तरिक कारण निश्चय पनि अन्य हुनु पर्ने हो ।
तर यस्तो भने यसै वर्ष भएको होईन । विगतको वर्षहरुमा समेत सकृय पत्रकारहरु सदस्यता लिनबाट बन्चित हुदै आएको उदाहरणहरु समेत प्रसस्त छन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…