जनकपुरः ट्रकले ठक्कर दिएपछि प्रहरी असईको घटनास्थलमै मृत्यू !
ठक्कर दिने ट्रकको बारेमा जानकारी आइसकेको तथा ट्रकको नम्बर अझै आउन नसकेको जानकारी प्राप्त भएको छ ।

२०७७ चैत १३ शुक्रबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम–बर्दिवास सडकखण्ड अन्तर्गत ट्रकले ठक्कर दिँदा एक प्रहरी असईको घटनास्थलमै मृत्यू भएको खवर प्राप्त भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० लालगढ स्थित रहेको मोडल हस्पिटल नजिकै गएराती ट्रकले ठक्कर दिएपछि नेपाल प्रहरीका असई मदनजँग कापरको मृत्यू भएको खवर प्राप्त भएको छ ।
शुक्रबार विहान करिब ३ः०० बजेको समयमा बर्दिवासबाट जनकपुरतर्फ आउँदै गर्दा असई कापरले चढेको लु ५३ प ८५७५ नम्बरको एनएस मोटरसाईकललाई विपरित दिशबाट जाँदै गरेको ट्रकले ठोकेको बुझिएको छ ।
कापर धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरका निवासी हुन् । यद्यपी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता (डिएसपी) मकेन्द्र मिश्रले टिपोट अझै नआएको बताए ।
उनले दुर्घटना भएको पुष्टि गर्दै मृत्यू हुनेमा नेपाल प्रहरीको असई नै रहेको भन्नेबारे पुष्टि भइनसकेको जनाए । एक श्रोतका अनुसार, मृतक कापर नेपाल प्रहरीकै असई पदमा कार्यरत थिए ।
ठक्कर दिने ट्रकको बारेमा जानकारी आइसकेको तथा ट्रकको नम्बर अझै आउन नसकेको जानकारी प्राप्त भएको छ ।
उनलाई एक स्थानीय गएराती करिब ९ बजेको समयमा जैसी बाबा थान नजिके देखेको थियो । उनीहरु एउटै बाईकमा तीन जना सवार थियो जसमा मदन बीचमा बसेको थियो ।
लासलाई हेर्दा मदनजस्तै जुँगा, क्षीरेश्वर युवा क्लबको भेष्ट लगाएको देखिएको छ । तर, अझै मदन नै रहेको भनेर अधिकारिक पुष्टि भने गरिएको छैनन् ।
मृतकको शव पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…