प्रदेश २ः टाउको काटिएको अवस्थामा एक युवकको लास
रातभर सम्पर्क बिहिन भएका सुशिलको शव स्थानीयले देखेपछि मात्र आफुहरुले थाहा पाएको शिवमले बताए ।

२०७७ चैत १२ बिहीबार, राति ८:४५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । प्रदेश नम्बर २ को सर्लाहीको सदरमुकाम मलंगवामा टाउको काटिएको अवस्थामा एक युवकको लास (शव) फेला परेको छ ।
मलँगवा नगरपालिका वडा नम्बर ९ टावर चौक स्थित पचगछिया चौरीबाट एकजना युवकको टाउको काटिएको अवस्थामा शव फेला परेको हो ।
मलंगवा नगरपालिका वडा नम्बर १० बस्ने तथा मलंगवा नगरपालिकाका पूर्व कर्मचारी नागेन्द्र रायका छोरा अन्दाजी बर्ष २६ सुशील रायको बिहिवार बिहान पचगछिया चौरी नजिकैको खेतमा शरिरबाट टाउको छिनिएको (काटिएको) अवस्थामा शव फेला परेको हो ।
शरिर भन्दा केही पर ६१ मिटर पुर्व रायको टाउको जमिन मुनि गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए ।
मृतकका भाइ शिवम रायका अनुसार रायलाई बुधबार राती ७,८ बजेतिर स्थानीय कुन्दन होटलबाट कमला पंडिजी भन्ने कमल झा र अर्का एक ब्यक्तिले मोटरसाइकलमा राखेर लगेपछि रातभर सम्पर्क बिहिन भएको थियो ।
रातभर सम्पर्क बिहिन भएका सुशिलको शव स्थानीयले देखेपछि मात्र आफुहरुले थाहा पाएको शिवमले बताए ।
सुशीलको धारिलो हतियार प्रहार गरि शरिरबाट टाउको पुरै अलग हुने गरि निर्ममता पुर्वक हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । हत्यामा संलग्नहरुको पहिचान खुलिसकेको जनाउँदै शिघ्र सार्वजनिक गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…