पासपोर्टको म्याद सकिए नविकरणको लागि थप दस्तुर नलाग्ने
अहिले मेसिन रिडेबल पासपोर्ट (एम आर पी) बनाउँदै गरेकोमा ई–पासपोर्ट (e-Passport) जारी हुने भन्दै एमआरपी पासपोर्ट (MRP Passport) घरमै राख्नको लागि त्यतिकै नबनाउन आग्रह गरेको हो ।

२०७७ चैत १२ बिहीबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारको राहदानी विभागले पासपोर्ट (Passport Nepal) को म्याद सकिएपछि थप दस्तुर नलाग्ने भन्दै एक सूचना जारी गरेको छ ।
पासपोर्टको म्याद सकिन लाग्दा त्यसअघि नै पासपोर्ट नविकरणको लागि मोटो सँख्यामा सेवाग्राहीहरु पासपोर्ट अफिस (Passport Office Nepal) मा जान थालेपछि विभागले एक सूचना जारी गर्दै थप दस्तुर नलाग्ने जनाएको छ ।
सेवाग्राहीहरुले विदेश जान नपर्ने भएपनि बहाल अवधी सकिन्न लागेको कारण नविकरणको लागि कार्यालय आउने गरेको बताइएको छ । विभागले सवारी चालक अनुमति पत्र (लाईसेन्स) जस्तै बहाल अवधी हुँदै राहदानी नविकरण गर्नु नपर्ने बताइएको छ ।

नविकरण नभै नयाँ नै बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै पनि थप दस्तुर नलाग्ने र आवश्यक परेको बखत जुनसुकै बखत पनि बनाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।
साथै निकट भविष्यमै गुणस्तीय, निकै सुरक्षित र भरपर्दो विद्युतिय पासपोर्ट (ई–पासपोर्ट) (e-Passport) जारी गर्ने जनाउँदै विभागले त्यतिकै पासपोर्ट बनाएर घरमा नराख्न आग्रह पनि गरेको हो ।
अहिले मेसिन रिडेबल पासपोर्ट (एम आर पी) बनाउँदै गरेकोमा ई–पासपोर्ट (e-Passport) जारी हुने भन्दै एमआरपी पासपोर्ट (MRP Passport) घरमै राख्नको लागि त्यतिकै नबनाउन आग्रह गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…