बोर्डरमा नेपालको काँडेतार, भारतीय गाडीहरु अझै आउन पाएनन
एक किलोमिटर सम्म लामो खेतको बाटोहरुबाट मानिसहरु भारी समान बोकेर जान बाध्य छन् ।

२०७७ चैत ८ आइतबार, बिहान ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भारतसितको (Nepal-India Border) स्थलनाकाहरु खोलिने निर्णय गरेपनि भारतीय यात्रुवाहक सवारी साधन आउन सकेको छैन् ।
नेपाल तर्फको नाकामा काँडे तार ओछ्याइएकोछ । मालवाहक सवारी साधनलाई नेपाल भित्रिन दिएपनि यात्रुवाहक सवारी साधनको प्रवेश खुल्ला गरिएको छैन् ।
तीन दिन भित्रको पीसीआर निगेटिव रिर्पोट पेस गर्नुपर्ने प्रावधान राखिएपछि भारतीय पक्षपनि मौन बनेकोछ । भारतीय यात्रुवाहक सवारी साधन नेपाल छिर्न नपाएपनि सास्ती भोग्दै पैदल नै यात्रुहरु सीमा क्षेत्रमा ओहोरदोहर गरिरहेका छन् ।
एक किलोमिटर सम्म लामो खेतको बाटोहरुबाट मानिसहरु भारी समान बोकेर जान बाध्य छन् । हुनत सीमावर्ती क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (Narendra Modi) ले घोषणा गरेको स्वच्छता अभियान र नेपाल सरकारले घोषणा गरेको खुल्ला अभियानको प्रभाव देखिदैन् ।
धनुषाको विभिन्न नाकामध्ये महिनाथपुर (Mahinathpur) नाका, दुहबी नाका, धनौजी नाकाहरुबाट अझै यात्रुवाहक बसहरु भने आउन सकेको छैनन् । जनकपुरटुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…