जनकपुरका गायक रुद्रसेनको अर्को धमाका 'कत्त सऽ एल्ही गोरी' (भिडियो सहित)

२०७७ चैत ६ शुक्रबार
रति ८:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाईसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको अर्को गीत रिलिज भएको छ । 

सुपरहिट रहेको आबन बैठ भट्भटिया पऽ रोमान्टिक गीत को दमदार भिडियो पछी फेरी अर्को मैथिली युगल गित “कत्त सऽ एल्ही गोरी” बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।  गीतमा गायक रुद्रसेन विश्वकर्मा र सोनी कुमारीको युगल स्वर रहेको छ । 

रूद्रसेन क्रियसनको प्रा.लि.को प्रस्तुती निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको यस मैथिली भिडियोमा पहिलो पटक नेपाली सिने जगतकी चर्चित नायिका अनु शाह लाई देख्न सकिन्छ ।

नायिका अनु शाहको साथमा यसै गीत बाट डेब्यु रहेको एकदमै हेन्डसम नव मोडल दिपक झा लाइ मोडलिङ क्षेत्रमा प्रवेश गराइएको छ, स्पोन्सरमा बिजनेस म्यान विक्की झा भास्करको रहेको छ ।

मैथिली भिडियो “कत्त सऽ एल्ही गोरी” गीत लाई निर्देशकमा खप्पिस चर्चित निर्देशक प्रदीप कुमार रसाइलीको निर्देशन रहेको छ, गितको शब्द कुन्दन गुप्ताले कोरेका हुन भने , म्यूजिक र एरेन्ज पारस मणीले गरेका हुन् ‌।

छायांकन दिपक गिरीको रहेको जनता डिजिटल काठमाडौं , टिमले राम्रो दृश्य समेटिएका छन् । मेकअपरहेयर डिजाइनर कविन खड्काको रहेको यस भिडियोको सम्पादन यहिलेका ब्यस्त सम्पादन अमृत चापागाईंको सम्पादन रहेको छ ।

तराइको लोकेसन पारी धार्मिक पर्यटकीय स्थल जनकपुरधामको सेरोफेरोमा छायांकन गरिएको  भिडियो एकदमै उत्कृष्ट बनेको छ, यस भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल   Rudrasen Bishwokarma मार्फत सार्वजनिक गरिएको छ । 

लगातार एक पछि अर्को गर्दै एकदमै उत्कृष्ट भिडियोहरु प्रस्तुत गरिरहेका गायक रुद्रसेनका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन्। 

 लगातार एक पछि अर्को भिडियो नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायक बिश्वकर्मा भर्सटायल गायकको रुपमा समेत परिचित छन्।

 
भिडियो हेर्नुहोस :

  • 70%
  • 10%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा पेट्रोल भराउँदै गरेको सरकारी मोटरसाईकलमा अचानक आगलगी 

  • २०७७ चैत ६ शुक्रबार
  • आनन्द शर्मा

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लास्थित पेट्रोल पम्पमा पे्टरोल भराउँदै गरेको अवस्थामा एक सरकारी नम्बर प्लेटको गाडीमा आगलगी भएको छ ।  विहिबार दिउँसो करि ३ः३० बजेको समयमा सिरहाको चोहर्बा स्थित रहेको

पूरा पढ्नुहोस्

Bureau Menus