सिडिओ महतोलाई 'धोती सिडिओ' भनेर लेखेपछि...
विभिन्न समयमा केही व्यक्तिहरुले नेपालको तराई मधेश मूलका नेपालीहरुलाई धोती भनेर हेप्दै आएका छन् ।

२०७७ चैत ४ बुधबार, दिउँसो ४:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश मूलका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई धोती सिडिओ भनेर लेखेपछि चौतर्फी विरोध गरिएको छ ।
प्रदेश नम्बर २ को धनुषा जिल्ला स्थित रहेको मिथिला नगरपालिका बस्ने सिडिओ राम कुमार महतोलाई एक युवकले धोती सिडिओ भनेर लेखेपछि समाजिक सँजालमा चौतर्फी विरोध गरिएको छ ।
आफ्नै देशमा उच्च पदस्थ अधिकारीलाई पनि दोस्रो दर्जाको नागरिक सरह टिकाटिप्पणी गरेको भन्दै समाजिक सँजालमा युवाहरुले ती युवकलाई कारवाहीको माग गरेका छन् ।
राज हर्ष नामक युवकले फेसबुकको कुनै पोष्टमाथि “यो धोती सिडिओको राज चल्छ र हाम्रो महेन्द्रनगरमा ?” भनेर टिप्पणी गरेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रुपमा कार्यरत महतोलाई मधेशी मूलकै भएको कारण उनलाई धोती शब्द भनेर प्रयोग गरिएको छ ।
धोती सिडिओ भनेपछि सिडिओ महतोले सँयमता र आदर्शपना देखाएका छन् । उनले आफ्नो फेसबुकमा ती युवकको स्क्रीनसट हालेर लेखेका छन् : “हाम्रो संस्कार ,
म आफ्नो हृदय छोटो पारेको होइन । साम्प्रदायिक विषय पनि होइन । हामी सबै नेपाली दाजुभाई दिदी बहिनी हौं । मिलेर बस्नु पर्छ । यस्तो टिप्पणीबाट एक नेपालीले अर्को नेपालीलाई हेर्ने दृष्टिकोण फरक पार्नु हुन्न । स्टाटस लेख्ने व्यक्ति सेवाग्राहीको रुपमा मकहाँ आउनु भयो भने पनि ससम्मान सेवा उपलब्ध गराउँछु नै । कृपया कसैले यसलाई अन्यथा नलिनुहोला । भोलिको दिनमा अझ निष्ठापूर्वक सेवा गर्ने प्रेरणा मिलेको छ ।”
पियनदेखि सरकारी जागिरको यात्रा थालेका उनी छोटो समयमा उल्लेखनिय उपलब्धी हाँसिल गरेर सिडिओसम्मको यात्रा तय गरेका छन् । तर, उनलाई मधेशी मूलकै भएको कारण धोती सिडिओ भनेर टिप्पणी गरेपछि असहज महसुस गरेको उनको फेसबुक स्टेटसबाट झल्किन्छ ।
२०७७ भदौदेखि उनले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका सिडिओ महतोको पोष्टमाथि गरिएको त्यो टिप्पणीलाई अभद्र टिप्पणीको रुपमा लिइएको छ ।
देशैभरिबाट यस्तो टिप्पणीको विरोध गर्दै उनलाई कारवाही प्रक्रिया अगाडी बढाउन टिकाटिप्पणी गरिएको छ । यद्यपी, सिडिओ महतोले भने यसलाई अन्यथा नलिन पनि भनेका छन् ।
समाजिक सँजालमा यो टिप्पणीलाई लिएर चर्को विरोध गरिएको छ । एउटै देशमा उच्च अधिकारीलाई पनि हेर्ने दृष्टिकोण विभेदित रहेको भन्दै उनलाई कारवाहीको माग गरिएको छ ।
विभिन्न समयमा केही व्यक्तिहरुले नेपालको तराई मधेश मूलका नेपालीहरुलाई धोती भनेर हेप्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…