जनकपुरका स्वास्थ्यकर्मीहरुको आक्रोस–“मुख्यमन्त्री लालबाबू राउतले वाचा पूरा गरेन”
उनले आफूहरुको पारिश्रमिक उपलब्ध नगराए अस्पतालमै आन्दोलनको चेतावनी दिएको हो ।

२०७७ चैत ३ मंगलबार, बिहान १०:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोभिड–१९ (कोरोना) महामारीको बेला फ्रन्टलाईनमा बसेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई तलब भत्ता नदिएपछि आक्रोस पोखेका छन् ।
स्वास्थ्यकर्मीहरुले प्रदेश नम्बर २ को मुख्यमन्त्री मो. लालबाबू राउतलाई वाचा पुरा नगरेको भन्दै आक्रोस पोखेका छन् ।
फ्रन्टलाईनमा बसेर जनकपुरको प्रादेशिक अस्पतालमा काम गरेका स्वास्थ्यकर्मीहरुले विगत ५ महिनाको भत्ता र १ महिनाको तलब समेत नदिएको भन्दै मुख्यमन्त्रीमाथि आक्रोस पोखेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत ज्ञापन पत्र समेत बुझाउँदै १०२ जना स्वास्थ्यकर्मीहरुले ५ महिना ४ दिनको भत्ता र १ महिना ४ दिनको तलब रोकेको भन्दै सो समयमा उपलब्ध गराउन माग गरेको हो ।
कोभिडको बेला प्रादेशिक अस्पताल जनकपुरबाट आ.व. २०७६/०७७ अनुसार करार सेवामा नियुक्त गरिएका १ सय २ जना डाक्टर, नर्स, अनमी, एचए, सिएमए, लगातका स्वास्थ्यकर्मीहरुको करिब डेड करोड रुपैयाँ बक्यौता राखेको आरोप लगाएको हो ।

कोभिडको महामारी र डर त्रासकाबीच प्रदेश नम्बर २ को समाजिक विकास मन्त्रालयबाट असार ३१ गतेको पत्रानुसार पुनः काम गर्ने प्रेरित गरेपनि आफूहरुले पाउने तलब भत्ता अझै नदिएको भन्दै आन्दोलनको चेतावनी डा. धीरेन्द्र कुमार सुधाले दिएका छन् ।
तलब भत्ताको लागि प्रादेशिक अस्पताल जनकपुरको प्रमुख डा. प्रमोद यादवले समेत कुनै चासो नलिएको आरोप लगाउँदै मन्त्रालसम्म दौडेको गुनासो पोखेका छन् ।
“कोरोनाकालमा मुख्यमन्त्री लालबाबू राउतजीले काम नगर्ने स्वास्थ्यकर्मीको एनएमसी लाईसेन्स खारेज गरिदिने भनेर धाक लगाउनुभयो, अहिले आफ्नै पारिश्रमिकको लागि भेट गर्दा पनि अझै तलब भत्ता दिएको छैन, त्यो बेला स्वास्थ्यकर्मीलाई विभिन्न सुविधाको नाममा खटाएपति लालबाबू राउतजीलाई आफ्नै वाचाको ठेगान भएन् ।”– डाक्टर सुधाले भने ।
एउटा डाक्टरको मात्र करिब अढाई लाख रुपैयाँ तलबभत्ता रहेको बताउँदै उनले जिल्ला प्रशासन सहित मुख्मन्त्री, मन्त्राालय दौडधुप गरेपनि केही नभएपछि राजीनामा गरेको बताए । उनले तलब भत्ता उपलब्धको लागि केन्द्रीय मन्त्रालयमा गएको पनि बताए ।
उनले आफूहरुको पारिश्रमिक उपलब्ध नगराए अस्पतालमै आन्दोलनको चेतावनी दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…