मर्न उक्साएको आरोपमा पूर्व वडाध्यक्ष यादव पक्राउ
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डीएसपी सन्तु जयसवारले जनाए अनुसार गौशाला प्रहरीले यादवलाई पक्राउ गरेको हो । २०८० असार ३० गते गोविन्द महतोले आत्महत्या गरेका थिए । मृतक महतोकी आमाले यादवामथि किटानी जाहेरी दिन चाहेकी थिइन् । तर जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवमाथि मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि मृतककी आमाले उच्च अदालत जनकपुरधामलाई गुहारेका थिए ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो











