
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती एक युवकलाई ज्यान मार्ने प्रयास भएको घटना बाहिरिएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी बस्ने स्थानीय बेचन पण्डितका ३१ बर्षिय छोरा ओम पण्डितलाई ज्यान मार्ने प्रयास भएको हो ।
विदेह नगरपालिका वडा नम्बर ९ बैदेहिस्थित मेडिकल पसल सँचालन गर्दै आएका ओम घर फर्किदै गर्दा बाटोमै घेरेर मरोन्नसान हुने गरी कुटपिट गरिएको हो ।
प्रत्येक दिनझैँ मेडिकल पसल बन्द गरी करिब ८ बजेको समयमा आफ्नो घर फर्किदै गर्दा उनको गाउँ दुहबीबाट मात्र १ किलोमिटरको दुरीमा रहेको बिमला नदी धारमा उनलाई घेरा हालेर मार्ने प्रयास गरेको हो ।
बिमला नदी धारको माथि जाँदै गर्दा उनलाई तीन भारतीय नम्बरको मोटरसाईकलमा रहेको ६ जनाले घेरा हालेर ज्यान मार्ने प्रयास गरेको हो । जानकारी अनुसार, उनको साथबाट रकम लुटपाट गर्न कुटपिट गरेको हो । उनीहरु भारतीय नै रहेको वा नेपाली रहेको बारे खुलेको छैनन् । बोर्डर छेउमा नेपालीहरु पनि भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गर्दै आएका छन् ।
कुटपिटबाट उनको मुखबाट र नाकबाट रगत आएको छ भने उनको दाहिने हातको हड्डी समेत भाँचिएको वडा नम्बर २ का वडाध्यक्ष रामपुकार सहनीले जानकारी दिए । उनलाई उपचारको लागि जनकपुर लगिएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८१ माघ १३ आइतबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्