अरु केटासँग बोलेको आशंकामा प्रेमीले नै अबिनाको हत्या गरेको खुलासा, पत्थरले हानेर गरेका थिए बेहोस
प्रारम्भिक अनुसन्धानअनुसार मंसिर २१ गते राति करिब ७ बजे धनुषाको पोर्ताहा क्षेत्रमा रहेको एक होटलमा चौधरीले मादक पदार्थ सेवन गरी अबिनालाई पटक–पटक फोन गरेका थिए । साढे ८ बजे फोनमा कुराकानी भएपछि उनले भेट्न बोलाएका थिए । त्यसपछि राति करिब सवा ९ बजे अबिना चौधरीको डेरामा पुगेकी थिइन् ।
९ महिना अगाडि · ब्यूरो-रिपोर्टर










