पश्चिम बँगालः भाजपा कार्यकर्ता हत्या प्रकरणका मुख्य आरोपी शेखलाई गरियो एनकाउण्टर
शेखको प्रहरी कारबाहीमा मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ । प्रहरीका अनुसार उनी हिरासतबाट भाग्ने क्रममा गोली चलाएपछि जवाफी कारबाही गरिएको हो ।
२०८३ कार्तिक ११ बुधबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, भारत । भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लाको सामशेरगञ्जमा भारतीय जनता पार्टी ९भाजपा० का कार्यकर्ता सुजित मण्डलको हत्या प्रकरणका मुख्य आरोपी सामायुन शेख प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यम द टेलिग्राफ र पीटीआईका अनुसार मंगलबार अपराध अनुसन्धान विभाग ९सीआईडी० को टोलीले घटनाको दृश्य पुनःनिर्माण गराउन शेखलाई सामशेरगञ्ज प्रहरी थाना क्षेत्रको पुरानो डाकबंगला इलाकामा लगेको थियो ।
प्रहरीका अनुसार घटनास्थलमा शेखले एक अधिकारीको सरकारी पेस्तोल खोसेर प्रहरी टोलीमाथि गोली चलाउँदै भाग्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरीले जवाफी गोली चलाउँदा उनी घाइते भएका थिए । उनलाई जंगीपुर उपमण्डलीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सुजित मण्डल गत अगस्ट २८ देखि बेपत्ता भएका थिए । पछि उनको शरीरका टुक्राहरू नहरबाट फेला परेका थिए । परीक्षणबाट ती अवशेष मण्डलकै भएको पुष्टि भएको थियो । घटनाले स्थानीय क्षेत्रमा आक्रोश उत्पन्न भएपछि मृतकका परिवार र स्थानीय बासिन्दाले प्रहरीमाथि अनुसन्धानमा लापरबाही गरेको आरोप लगाएका थिए ।
यस प्रकरणमा अनुसन्धानको क्रममा लापरबाही गरेको आरोपमा केही प्रहरी कर्मचारी निलम्बनमा परेका थिए भने सामशेरगञ्ज प्रहरी थानाका तत्कालीन प्रभारीको सरुवा गरिएको थियो । त्यसपछि घटनाको अनुसन्धान सीआईडीलाई सुम्पिएको थियो । सीआईडीले शेखसहित अन्य व्यक्तिलाई पक्राउ गरेको थियो ।
शेखको प्रहरी कारबाहीमा मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ । प्रहरीका अनुसार उनी हिरासतबाट भाग्ने क्रममा गोली चलाएपछि जवाफी कारबाही गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Aadarsh Singh
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…