हनुमान मन्दिरमा चोरी गरेको आरोपमा दुई जना पक्राउ, गरगहना र नगद बरामद
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

२०८३ कार्तिक ९ सोमबार, बिहान ९:३४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित हनुमान मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट मन्दिरबाट चोरी भएका चाँदीका गरगहना तथा नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार असोज ८ गते बिहान करिब ३ बजे मन्दिरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मन्दिर परिसरमा गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा १६ र १३ वर्षका दुई जना नाबालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मन्दिरका पुजारीले हनुमानजीको मूर्तिमा लगाइएको चाँदीको मुकुट, चाँदीको माला, टीका, मूर्तिको मुख तथा अनुहारमा लगाइने चाँदीका गरगहना र दानपेटिकामा रहेको नगद चोरी भएको जानकारी गराएका थिए ।
प्रहरीका अनुसार मन्दिरको पछाडिपट्टि दक्षिणतर्फ खाली जग्गामा लुकाइछिपाइ राखिएको अवस्थामा चोरी भएका सामान बरामद गरिएको हो । बरामद सामानमा चाँदीको मुकुट, माला, टीका, मूर्तिको मुख तथा आँखामा लगाइने गरगहना, दानपेटिकाबाट निकालिएको नेपाली रुपैयाँ र सिक्का तथा मोबाइलसमेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…