कमला नदीको झोलुंगे पुलका फलामे स्पान चोरी, आवागमन जोखिमपूर्ण
समयमै आवश्यक निरीक्षण, मर्मत तथा सुरक्षा व्यवस्था नगरिए दुर्घटनाको जोखिम बढ्न सक्ने देखिन्छ ।

२०८३ कार्तिक ९ सोमबार, बिहान १०:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै दोस्रो ठूलो भनिने कमला नदीमाथि रहेको झोलुंगे पुलका कैयौँ फलामे स्पान चोरी भएको छ । पुलका संरचनामा क्षति पुगेपछि त्यसबाट आवतजावत गर्ने सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ ।
धनुषा र सिरहा जोडने ठुलो झोलुँगे पुलको बीचमा लगाईएको फलामे स्पान चोरी भएको हो । विभिन्न ठाउँबाट स्पान चोरी भएको जनाईएको छ । करिब एक दर्जन स्पान चोरी भएको स्थानीयहरु बताएका छन् ।
पुलमा प्रयोग गरिएका फलामे स्पानहरू चोरी हुँदा पुलको सुरक्षामाथि प्रश्न उठेको छ । स्थानीयवासीले पुलको अवस्था जोखिमपूर्ण बनेको हो ।
नदी वारपार गर्न स्थानीय बासिन्दाका लागि महत्त्वपूर्ण मानिने पुलका फलामे संरचना चोरी हुनु सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न हो । समयमै आवश्यक निरीक्षण, मर्मत तथा सुरक्षा व्यवस्था नगरिए दुर्घटनाको जोखिम बढ्न सक्ने देखिन्छ ।
पुलमा २४ सै घण्टा नेपाल प्रहरीको गस्ती हुँदाहुँदै यतिको सँख्यामा स्पान चोरी भएको हो । पुलको बीचकै स्पान चोरी भएपछि मोटरसाईकल आवतजावत जोखिमपूर्ण बनेको छ । सानो गल्तीले मोटरसाईकल फँस्न सक्ने, खस्न सक्ने सम्भावना बढेको छ ।
सम्बन्धित निकायले पुलको क्षतिको यकिन विवरण संकलन गरी चोरीमा संलग्न व्यक्तिको पहिचान, संरचनाको सुरक्षा र पुलबाट सुरक्षित आवागमन सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…