गोलबजारबाट ५३.०३ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी ३१ वर्षीय अजय कुमार यादव र सुखीपुर नगरपालिका–१० निवासी २० वर्षीय अरविन्द कुमार यादव रहेका छन् ।

२०८३ कार्तिक ९ सोमबार, बिहान १०:४१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारबाट ५३.०३ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलीले २०८३ कात्तिक ८ गते गोलबजार नगरपालिका–४ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी ३१ वर्षीय अजय कुमार यादव र सुखीपुर नगरपालिका–१० निवासी २० वर्षीय अरविन्द कुमार यादव रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ५३.०३ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल, एक थान डिजिटल तराजु र यामाहा एफजेड भी–३ मोटरसाइकल एक थान बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजार, सिरहामा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार बरामद लागुऔषधको परिमाणका आधारमा लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम १० देखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…