केपी ओलीको विकल्प छैन, बालेन सरकार बर्खे च्याउ होः महेश बस्नेत
वर्षायाममा उम्रिएको च्याउ घाम लागेपछि आफैँ मरेर जाने उदाहरण दिँदै उनले वर्तमान सरकार पनि एक वर्षसम्म नटिक्ने बताए ।

२०८३ मंसिर ५ शनिबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको दाबी गर्दै वर्तमान सरकारलाई ‘बर्खे च्याउ’ को संज्ञा दिएका छन् ।
नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले बालेन नेतृत्वको सरकार लामो समय टिक्न नसक्ने दाबी गरे ।
वर्षायाममा उम्रिएको च्याउ घाम लागेपछि आफैँ मरेर जाने उदाहरण दिँदै उनले वर्तमान सरकार पनि एक वर्षसम्म नटिक्ने बताए ।
बस्नेतले सुकुम्बासीका घर भत्काएर उनीहरूलाई सडकमा पुर्याएको, बाढीपीडितलाई राहत दिन नसकेको तथा गरिब र युवाका माग सम्बोधन नगरेको भन्दै सरकारको आलोचना गरे ।
उनले एमाले र केपी ओलीविरुद्ध वैदेशिक शक्तिहरू लागेको आरोप लगाउँदै ओलीबिनाको एमाले र एमालेबिनाको नेपाल बनाउने प्रयास सफल नहुने जिकिर गरे । पार्टीभित्र ओलीको विकल्प खोज्नेहरूलाई कार्यकर्ता र नेताहरूले नै जवाफ दिने उनको भनाइ थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…