नक्कली सर्टिफिकेट पेस गरी सरकारी सेवामा नोकरी, सामाजिक परिचालक यादवविरुद्ध भ्रष्टाचार मुद्दा
बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटना, भारतबाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
२०८३ असोज ११ आइतबार, बिहान ९:४२ बजे१ मिनेट पढाइ

रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा नियुक्ति लिने क्रममा बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटना, भारतबाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
उक्त प्रमाणपत्रकै आधारमा नियुक्ति लिएर यादव हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रही ओहोदा, लाभ तथा सुविधासमेत प्राप्त गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ।
यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानविनका लागि परेको उजुरीमाथि अनुसन्धान गर्दा आरोप पुष्टि भएको अख्तियारको निष्कर्ष छ।
आयोगले यादवले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको जनाएको छ।
सोही आधारमा यादवलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवाना सजाय हुन मागदाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
न्यूज ब्यूरो फ्याक्ट चेक
गलत
- सत्य
- आंशिक सत्य
- धेरै हदसम्म गलत
- गलत
तथ्य
बस्नेत जोडिएको उक्त विवादित मुद्दामा पीडित पक्षले दर्ता गरेको रिट निवेदनलाई उच्च अदालत पाटनले समेत खारेज गरिदिएको छ। स्नेतलाई थुनामा राख्ने वा पक्राउ गर्ने कुनै आदेश जारी भएको छैन। सामाजिक सञ्जालमा उनी पक्राउ परेको वा थुनामा राख्ने आदेश भएको भनी फैलिएका हल्लाहरू निराधार छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…