विपल्वका बीसभन्दा बढी कार्यकर्ता पक्राउ
न्यूज ब्यूरो || काठमाडौँ, ८ फागुन : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आजका लागि आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्

२०७४ फागुन ८ मंगलबार, राति ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमाडौँ, ८ फागुन : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आजका लागि आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको राससलाई बताउनुभयो । उहाँले बन्दको खासै प्रभाव नपरेको र जनतालाई त्रसित पार्न बन्दकर्ताले विभिन्न स्थानमा आज नक्कली बम राखेको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले राजधानीमा बन्द गराउँदै हिँड्ने चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
सिंहदरबार आसपासको क्षेत्रबाट तीन र गौशालाबाट एकजना पक्राउ गरेको उहाँले बताउनुभयो । राजधानीमा बन्दको कुनै प्रभाव नपरेको तथा सर्वसाधारणको अन्य दिन झँ सामान्य दैनिकी चलेको उहाँको भनाइ छ ।
यसैबीच, नेकपाका महासचिव चन्दले आज जारी गर्नुभएको विज्ञप्तिमा देशभरबाट सयौँ नेता तथा कार्यकर्ता पक्राउ गरिएको उल्लेख छ । पक्राउ नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्न महासचिव चन्दले आग्रह गर्नुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…