आफ्नो श्रीमतिसँग यौन सम्बन्ध राखेको भन्दै यादवले गरे लोधको हत्या !
रुपन्देहीका २६ वर्षीय दिनेश लोधको हत्या यौन सम्बन्धका कारण भएको खुलेको प्रहरीले जनाएको छ ।

२०७७ फागुन २७ बिहीबार, दिउँसो ३:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रुपन्देही । रुपन्देही जिल्लामा केही दिन अघि भएको हत्या काण्डमा यौन सम्बन्धकै कारण हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रुपन्देहीका २६ वर्षीय दिनेश लोधको हत्या यौन सम्बन्धका कारण भएको खुलेको प्रहरीले जनाएको छ ।
लोधको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाका लोधको शव गत मंसिर १७ गते विहान साढे ७ बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडकखण्डको पूर्वी किनारमा फेला परेको थियो ।
उनको हत्या आरोपमा लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट प्रहरीले फागुन २५ गते रामवरण यादवलाई नियन्त्रणमा लिएको छ। आफ्नी श्रीमतीसँग यौ’न सम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।
पक्राउ परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् ।यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए । न्यूज २४ को अनलाईन सँस्करणमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…