वडाध्यक्ष स्मृति कपमा हरिपुर विजयी
अन्तिम समयसम्म दुवै टिमले सहजै गोल गर्न नसकेपछि रेफ्रीले पेनाल्टि प्रणालीबाट खेल गराएको थियो । सो क्रममा हरिपुरले २ गोल र मँगलपुरले १ गोल मात्र गर्न सकेपछि मँगलपुर पराजित भएको थियो ।

२०७७ फागुन २७ बिहीबार, दिउँसो १२:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा एक वडाध्यक्षको मृत्यूपछि उनको स्मृतिमा फुटबल कप प्रतियोगिता सम्पन्न भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको मृत्यू भएपछि उनको स्मृतिमा आयोजना गरिएको श्री बन्दे बहादुर मोक्तान स्मृति फुटबल कप प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
वडा नम्बर ६ हरिपुर स्थित नयाँ बनेको मैदानमा सम्पन्न भएको अन्तिम खेलमा हरिपुर टिम विजयी हाँसिल गरेको हो । बुधबार भएको हरिपुर टिम र मँगलपुर टिमबीचको खेलमा हरिपुर २–१ गोलान्तरले विजयी भएको हो ।
अन्तिम समयसम्म दुवै टिमले सहजै गोल गर्न नसकेपछि रेफ्रीले पेनाल्टि प्रणालीबाट खेल गराएको थियो । सो क्रममा हरिपुरले २ गोल र मँगलपुरले १ गोल मात्र गर्न सकेपछि मँगलपुर पराजित भएको थियो ।
कार्यवाहक वडाध्यक्ष सुकृत महतोको अध्यक्षता तथा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो खेलको विजेतालाई घोषित पुरस्कार प्रदान गरिएको थियो ।
सो वडाध्यक्ष स्मृति कपमा १० वटा टिम सहभागीत भएको थियो। नगरस्तरीय फुटबल कपमा प्रथम भएका हरिपुर टिमलाई २५ हजार तथा दोस्रो भएका मँगलपुर १५ हजार रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…