७ लाख ७५ हजार सहित हुण्डी कारोबारी पक्राउ
त्यहाँ स्थित रहेको जय माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न उक्त ट्रेडर्समा ७ लाख ७५ हजार रुपैयाँ नेपाली र ७ हजार ४०० रुपैयाँ भारु सहित पक्राउ गरिएको हो

२०७७ फागुन २६ बुधबार, दिउँसो १:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को पर्सा वीरगँजबाट एक हुण्डी कारोवारीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
सूचना परिचालन र कारवाहीको शिलशिलामा मँगलबार साँझ करिब ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगँज महानगरपालिका वडा नम्बर ६ स्थितबाट हुण्डी कारोवारीलाई नियन्त्रणमा लिएको हो
त्यहाँ स्थित रहेको जय माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न उक्त ट्रेडर्समा ७ लाख ७५ हजार रुपैयाँ नेपाली र ७ हजार ४०० रुपैयाँ भारु सहित पक्राउ गरिएको हो
पक्राउ पर्नेमा प्रदेश नम्बर २ को बारा जिल्ला भतौडा नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३८ का जयराम राउत कुर्मी रहेका छन् । त्यहाँ सँचालनमा रहेको ट्रेडर्समा कार्यरत कर्मचारीहरुले समेत ती रकमको श्रोत नदेखाएपछि उनलाई पक्राउ गरिएको हो ।
अभियुक्त कुर्मीको साथबाट बब्लु राजको नाममा जारी भएको २ लाख रुपैयाँ नगद र राम प्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजार रुपैयाँ बराबर चेकहरुसहित नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्वको कसुरमा अनुसन्धान अगाडी बढाइएको जनाएको छ । साथै उक्त ट्रेडर्सका सञ्चालक हाल फरार रहेकोले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…