सहकारीले किसान र गरिबसँग सहकार्य गर्नुपर्छ : मेयर साह
कार्यक्रमको लागि जिल्ला सहकारी संघ लिमिटेड धनुषाका उपाध्यक्ष सिताराम यादबले उदघोषण गरेका थिए ।

२०७७ फागुन २४ सोमबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सहकारी सँस्थाहरु किसान र गरिब, विपन्नसँग सहकार्यको आवश्यकता औल्याएका छन् ।
सोमबार जनकपुरमा सम्पन्न जिल्ला सहकारी संघ लिमिटेड धनुषाको ५१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर साहले सहकारी सँस्थाको योग्दान वर्तमान समाजमा फैलिदै गएको भन्दै साकारात्मक क्रियाकलपालाई झन बढाबा दिनुपर्ने बताए ।
जिल्ला सहकारी सँघ धनुषाको अध्यक्ष रामबाबु यादवको अध्यक्षता तथा मेयर साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो वार्षिक साधारण सभाको क्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य एवम् नेता सँजय कुमार साहले गाउँस्तरसम्म सहकारीको प्रभाव परेको बताए ।

नेपाल केन्द्रीय मत्स्य सहकारी संघ लिमिटेडका केन्द्रीय उपाध्यक्ष समेत रहेका नेता साहले सहकारी मार्फत नै गरिब, विपन्न, किसान, मजदुरप्रति उत्तरदायित्व बोध गर्दै आएको सुनाए । विशिष्ट आतिथ्यको आसनबाट बोल्दै नेता साहले सहकारीको पक्कड वर्तमान समयमा झन बलियो हुँदै गएकोले सबैसँगको सहकार्य गरिरहेको बताए ।
वार्षिक साधारणसभाको क्रममा जसपाका केन्द्रीय सदस्य संजय कुमार चौधरी विशिष्ट आतिथिको तर्फबाट मनतव्य राखेका थिए भने जनता समाजवादी पार्टी नेपालका एवम् नेता केन्द्रीय सदस्य मनोज कुमार चौधरीले पनि आफ्नो धारणा राखेका थिए ।
साधारण सभामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मण्डल, सहकारीकर्मी बिजय यादब, धनौजी गाउँपालिका मेयर प्रतियासी जिबेन्द्र झा, जनकपुर जेसीजको अध्यक्ष मनोज कुमार साह, जनता समाजवादी पार्टीका युवा नेता मनोज कुमार साह, युवा नेता प्रशन्त झा सहित विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागीतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रमको लागि जिल्ला सहकारी संघ लिमिटेड धनुषाका उपाध्यक्ष सिताराम यादबले उदघोषण गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…