मोसा दुर्घटनामा चालकको घटनास्थलमै मृत्यू
न्यूज ब्यूरो || धनुषा, ८ फागुन । धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ४ पटेर्वा र सबैलाको बीचमा रहेको पुलमा मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. १८ महुवा बस्ने बर्ष २५ का राजु मुखियाक

२०७४ फागुन ८ मंगलबार, बिहान ११:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, ८ फागुन । धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ४ पटेर्वा र सबैलाको बीचमा रहेको पुलमा मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. १८ महुवा बस्ने बर्ष २५ का राजु मुखियाको घटनास्थलमै मृत्यू भएको जनाइएको छ ।
सोमबार राती करिब ११ बजेको समयमा जयन्ती गइरहेको मुखियाको ज ७ प ३७२० नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जयन्ती गइरहेको बेला मुखिया मदिरा सेवन गरी सवारी चलाउँदै गरेको सवारी अनियन्त्रीत भएको थियो ।
मृतक मुखियाका शवलाई पोष्टमार्टमका लागि जनकपुरमा अञ्चल अस्पतालमा ल्याइएको छ भने पोष्टमार्टम पश्चात परिवारजनलाई शव बुझाउने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…