हरिवनमा ८ हजार भन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र
सबै नागरिकहरूले विना भेदभाव यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्ने हुँदा यसले राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पु¥याउँछ ।

२०७७ फागुन २१ शुक्रबार, दिउँसो ३:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा १२ दिनमै आठ हजार भन्दा बढी नागरिकले राष्ट्रिय परिचय पत्र बनाएको छ ।
गत फाल्गुण १० गते बाट शुरु भएको राष्ट्रिय परिचय पत्रको विवरण अभियान काममा आठ हजार भन्दा बढिले राष्ट्रिय परिचय पत्रमा नाम सुचिकृत गरि परिचय पत्र बनाएको हरिवन नगरपालिकाले जनाएको छ ।
बागमति नगरपालिका र मंलगवा नगर पालिकाको केहि वडामा बाहेक सबै वडामा परिचय पत्र बनाउने काम सम्पन्न भई सकेको समन्धित नगर पालिकाले जनाएको छ ।
यसै बिच हरिवन नगरपालिकाको ११ वटै वडामा गत फाल्गुण १० गते बाट एक साथ शुरु गरिएको अभियानमा यो समाचार तयार गरुन्जेल सम्म ८ हजार २ सय ७५ जना को परिचय पत्र अभिलेख राख्ने काम भै परिचय पत्र दिई सकेको हरिवन नगरपालिकाका सुचना प्रबिधि अधिकृत दिपेन्द्र उप्रेतिले बताए ।
२५ हजार भन्दा बढी मतदाता रहेको हरिवनमा परिचय पत्र विवरण अध्याबधि र फोटो खिच्न एक वडामा २ देखि ६वटा सम्म स्टेशन खडा गरि आबेदन फर्म भर्ने फोटो खिच्ने काम गरिरहेको हो ।
आवेदन भर्नको लागि सक्कल नेपाली नागरिकता प्रमाणपत्र सहित स्वयम व्यक्ति उपस्थित भएर आवेदन फारम भरि हातका दश वटै औलाको फिङ्गर छाप ,आखाको लेन्स सहितको फोटो खिच्नु पर्ने हुन्छ ।
माइक्रो चिपसहितको स्मार्ट कार्डमा परिचयपत्र धारण गर्ने व्यक्तिको १० वटै औँलाको छाप र व्यक्तिको पहिचान खुल्ने गरी विवरण उल्लेख भएको हुनेछ । यो कार्डमा १० अंकको डिजिटल नम्बरसमेत उल्लेख हुन्छ । सरकारले नागरिकता विस्थापित गरी यो कार्ड ल्याउने नीति लिएको छ ।
नागरिकको सही पहिचान गर्ने परिचयपत्र नहुँदा एउटै व्यक्तिले धेरै वटा परिचयपत्र बोकेर हिँड्नु पर्ने बाध्यता समेत रहेको थियो भने पछिल्लो समय पछिल्लो बिभिन्न अपराधिक घटना घटने काममा बढोतरी भएको पाईएको हुदाँ त्यस लाई निरुत्साहित गर्दै न्युनिकरण र रोकथाममा टेवा पुर्याउनका लागि यस परिचय पत्रको महत्व रहने बताईएको छ ।
। सरकारी, गैरसरकारी र निजी क्षेत्रले प्रदान गर्ने सेवा सुविधा प्राप्तिका निम्ति थुप्रै कागज प्रमाण प्रस्तुत गरेर व्यक्तिको पुस्ट्याइँ दिनु पर्ने हुन्छ । यस किसिमको बाध्यताको अन्त्य गरी व्यक्तिको पहिचान सुनिश्चित गर्दै सेवा सुविधा वितरणको आधारका रूपमा बहु उपयोगी राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडी आएको हो ।
राष्ट्रिय परिचयपत्र व्यक्तिका पहिचान प्रमाणीकरणको डिजिटल समाधान हो । डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तर सम्बन्धित गराई बहु उपयोगी बनाउन सकिन्छ ।
सबै नागरिकहरूले विना भेदभाव यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्ने हुँदा यसले राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पु¥याउँछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…