जनकपुरको रेल्वे स्टेशनमा यात्रीलाई केद्रीत गरी 'न्यू चम्पारण होटल' खुल्यो
जयनगर जनकपुर रेल्वे सँचालन भएपछि बाहिरबाट आउने यात्रुहरुको लागि स्टेशनको गेट स्थित नै सो होटल सँचालनमा ल्याएको हो ।

२०७७ फागुन १९ बुधबार, बेलुकी ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रेल्वे स्टेशन स्थित एक नयाँ होटलको शुभारम्भ गरिएको छ ।
जयनगर जनकपुर रेल्वे सँचालन भएपछि बाहिरबाट आउने यात्रुहरुको लागि स्टेशनको गेट स्थित नै सो होटल सँचालनमा ल्याएको हो ।
बुधबार एक कार्यक्रमबीच जनकपुरधाम उद्योग वाणिज्य महासँघका महासचिव तथा आउँदो चुनावको लागि अध्यक्ष पदका उम्मेदवार एवम व्यावसायी जीतेन्द्र महासेठले उदघाटन गरेका हुन् ।
भारत वा अन्य ठाउँका यात्रीहरुको विशेष मध्यनजर गर्दै रेल्वे स्टेशन नजिक खाजा, नास्ता, खानको प्रबन्ध सहितको होटल न्यू चम्पारण सँचालनमा ल्याएको होटल सँचालक पँकज साहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…