धनुषाधामः वडाध्यक्षको स्मृतिमा फुटबल प्रतियोगिता, प्रथम खेलमा धारापानी विजयी

२०७७ फाल्गुण १८ मंगलबार
दिउसो १:१८ बजे
न्यूज ब्यूरो, डेस्क

मोख्तार हुसैन, जनकपुरधाम । धनुषामा एक वडाध्यक्षको मृत्यूपछि उनको स्मृतिमा फुटबल कप प्रतियोगिता सुरु गरिएको छ । 

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको मृत्यू भएपछि उनको स्मृतिमा श्री बन्दे बहादुर मोक्तान स्मृति फुटबल कप प्रतियोगिता सुरु भएको हो । 

वडा नम्बर ६ हरिपुर स्थित नयाँ बनेको मैदानमा सोमबार प्रथम खेलको उदघाटन गरिएको हो । प्रथम खेल धारापानी र मूलबारीबीच भएको थियो । जसमा धारापानीले १–० गोलान्तरले विजयी भएको हो । 

कार्यवाहक वडाध्यक्ष सुकृत महतोको अध्यक्षता तथा धनुषाधाम नगरपालिकाकी उप प्रमुख विद्या देवी भुजेलको प्रमुख आतिथ्यमा उदघाटन गरिएको खेल आगामी फागुन २६ गतेसम्म सँचालन हुने आयोजक समितिले जनाएको छ । 

सो वडाध्यक्ष स्मृति कपमा १० वटा टिम सहभागीत भएको हो । नगरस्तरीय फुटबल कपमा प्रथम हुनेलाई २५ हजार तथा दोस्रो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने जनाइएको छ । 

स्वर्गीय वडाध्यक्ष बन्दे बहादुर मोक्तानका छोरा बिमल बहादुर मोक्तानको विशिष्ट आतिथ्यमा उदघाटन गरिएको खेलको दोस्रो दिन मँगलबार (आज) धनुषाधाम नगरपालिका वडा नम्बर १ र वडा नम्बर ३ बीच प्रतिस्पर्धा हुने जनाइएको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राष्ट्रिय वाणिज्य बैंक लहानको चरम लापरवाही, प्रशासनको आदेशलाई धज्जिया 

  • २०७७ फाल्गुण १८ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको लहानस्थित राष्ट्रिय वाणिज्य बैंक लहान शाखामा बिना कुनै सावधानी र सुरक्षा मापदण्डको अधिक भीड लगाएर कार्य सँचालन गरिएको देखिएको छ ।  कोरोनाको महामारीले आम नागरिकमा

पूरा पढ्नुहोस्

Bureau Menus