बिबिए गरेका यादव भैंसीपालनमा, मासिक १ लाख बढी कमाउँदै
वैदेशिक रोजगारीमा गएर ४० डिग्री भन्दा माथिको तापक्रममा रगतलाई पसिना बनाउनु भन्दा राम्रो त्यही लगानीमा स्थानिय स्तरमा व्यवसाय गर्न सक्यौ भने राम्रो आम्दनी गर्न सकिने बताए ।

२०७७ फागुन १३ बिहीबार, बिहान ८:२४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । देशको राजधानी स्थित एक चर्चित कलेजबाट बिबिए गरेर आएका सर्लाहीका एक युवकले भैँसीपालनमा व्यस्त छन् ।
पढेलेखेको यूवा सरकारी जागिरे गर्छ, अथवा वैदेशिक रोजगारीमा जान्छ भने पुरानो मान्यतालाई तोडदै राजधानिको प्रसिद्व कलेज सेन्ट्रल कलेज अफ विजनेस म्यान्जमेण्टबाट बिबिए गरेर सर्लाहीको कविलासी नगरपालिका वार्ड नम्बर ९ सलेमपुरका रबिन्द्र यादव आधुनिक तरिकाले व्यवसायिक भैंसीपालनमा लागेको छ ।
चमेली माई मन्दिर चौकको पूर्व पट्टि आठ कठा जमिन लिजमा लिएर तिस लाखको लागतमा २५ वटा भैसीबाट सुरु गरिएको हिम अमृत कृषि फर्ममा एक बर्ष नबित्दै फर्मकै आम्दनीबाट २५ वटा भैंसी थपे ।
अहिले फार्ममा ५० भन्दा बढी भैंसी छन, जसमध्ये २० वटा भैंसी नियमित दुध दिने गरेका कारण दिनहुँ २०० लिटर भन्दा बढी दुध उत्पादन गर्ने गरेका छन, भैसीपालनबाटै मासिक १ लाख देखि १ लाख पचास हजारको हराहरीमा मासिक आम्दनी गर्दै आएका छन ।
भैंसी दुध दिन थालेपछि कन्ट्रयाक्टमा किसानहरुलाई दिने गरेको र बच्चा पाउपछि फार्ममा ल्याउने गरेका छन । फार्ममा मुरा, जाफरी र स्थानिय जातको भैंसी रहेका छन, एउटा भैंसी ७ देखि लिएर १४ लिटरसम्म दुध दिने गरेका छन ।
भैंसीको घाँसको लागि नजिकै तिन बिघाको खेत पनि लिजमै लिएका छन । फार्ममा एउटै परिवारका आधा दर्जन भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन, भने तिन जना अतिरिक्त व्यक्तिले समेत रोजगारी पाएका छन, फार्मबाट प्रत्यक्ष रुपमा एक दर्जन भन्दा बढी रोजगारी पाएका छन, भने अप्रत्यक्ष रुपमा सैकडों नागरिकहरुले रोजगारी पाएका छन ।
आफनै फार्ममै डेरी समेत रहेका कारण डेरीमा दही, पनिर, मिठाई र घ्यू उत्पादन हुने गरेका छन भने बाँकी रहेको दुध ब्रान्डिंग गरेर नजिकै रहेको सदरमुकाम मंलगवामा बिक्री गर्दै आएको छ ।
नेपाल कृषि प्रधान देश भएकोले नेपालमा कृषि क्षेत्रमा प्रचुर सम्भवना भएका कारण हामी भैंसी पालनमा लागेको हिम अमृत कृषि फार्म प्रालि को सह संस्थापक रविन्द्र यादवले बताए ।
नेपालमा नेपाल सरकारले यूवाहरुलाई कृषिमा प्रोत्साहित गर्दै सस्तो दरमा ऋण उपलब्ध गराउन थालेपछि हामीलाई कृषि पेसामा लाग्न थप उत्प्रेरित गरेको छ ।
कृषि नोबले विजनेस भएकाले वैदेशिक रोजगारी, अथवा कुनै कारखानामा काम गर्नुको साटो आफनो व्यवसाय गरेर समाजलाई नौलो परिवर्तन गर्न सक्छौं । हाम्रो भैंसीपालनसंगै माछापालन पनि छ र आउदो बर्षदेखि केरा र तरकारी खेती समेत गर्ने तयारीमा छौं । हामी कृषि क्षेत्रमा लागेर राम्रो आम्दनी गर्न थाल्यौ भने आज न भोली समाजका अरु यूवाहरुले पनि गर्न थाल्ने छ ।
वैदेशिक रोजगारीमा गएर ४० डिग्री भन्दा माथिको तापक्रममा रगतलाई पसिना बनाउनु भन्दा राम्रो त्यही लगानीमा स्थानिय स्तरमा व्यवसाय गर्न सक्यौ भने राम्रो आम्दनी गर्न सकिने बताए ।
सुरुमा भैंसीपालनमा लाग्दा स्थानिय स्तरमा थुप्रे चुनौतीको सामना गर्नुपरेको सह संस्थपाक यादव ले बताए । हाम्रो समाजमा पढेलेखेको यूवाहरु कृषिमा लाग्दा समाजमा विभिन्न विभिन्न किसिमको टिकाटिप्पणी गर्ने गरेको गरेको गुनासो समेत गरे ।
छोरा बिबिए गरेर व्यवसायिक भैंसीपालन गर्ने कुरा गर्दा हामी समहित जनाएपनि समाजका मानिसहरु तिम्रो छोरा पागल भएको भन्दै नानाथरीका कुरा गर्ने गरेको गुनासो गरे । दाई ले भैंसीपालनमा लाग्दा पढेर भैंसीको गोबर उठाउने गरेको भन्दै छिमेकी र नातेदारहरु समेत खिलि उडाउने गरेको बहिनी अमृता कुमारी यादवले बताईन । एक बर्ष नबित्दै भैंसीपालनबाट राम्रो आम्दनी हुन थालेपछि परिवार र केही आफन्त समेत भरपर्दो साथ र सहयोग दिन थालेको बताईन ।
नेपाल कृषि प्रधान देश भएका कारण नेपालको कृषि क्षेत्र प्रचुर सम्भावना बोकेका छन । देशको कृषि क्षेत्रलाई आधुनिकिरण र व्यवस्थित गर्न सक्यौ भने देशमा तिब्र गतिमा बढिरहेको बेरोजगारी र दिनप्रतिदिन वैदेशिक रोजगारीमा पलायन भईरहेका यूवा जनशक्तिलाई स्वदेशमै रोकी रोजगारी सृजना र आत्मनिर्भर बनाउन सकिन्छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…