उदाहरणीय कार्य

प्रशंसनीयः विवाहकै दिन यी दम्पतिले रक्त दिएर बचाए बालिकाको ज्यान

घटनाको विवरण समाजिक सँजाल टवीटरमा उत्तर प्रदेशको एक प्रहरी आशिष मिश्राले साँझा (शेयर) गरेको हो ।

२०७७ फाल्गुण १२ बुधबार
बिहान ०९:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । विवाहकै दिन एक दम्पत्तिले आफ्नो रगत दिएर एक बालिकाको ज्यान बचाएपछि चौतर्फी प्रशंसा भइरहेको छ । 

यो घटना छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यको हो । यसो त धेरै जनाले रक्तदान गर्ने गरेर मान्छेको ज्यान बचाउने गरेको छ । तर, कुनै विशेष दिनबाट नै समय मिलाएर रक्तदान गर्नुपर्दा ठुलो कुरा हो । 

भारतको उत्तर प्रदेशमा जहाँ एक नव विवाहिता जोडीले विवाहकै दिन रक्तदान गरी एक बालिकाको ज्यान बचाएको हो । ती दम्पतिले विवाहकै बीचबाटै गएर रक्तदान गरी बालिकाको ज्यान बचाएपछि समाजिक सँजालमा उनीहरुको चर्चा भएको छ । 

घटनाको विवरण समाजिक सँजाल टवीटरमा उत्तर प्रदेशको एक प्रहरी आशिष मिश्राले साँझा (शेयर) गरेको हो । जसमा पुलिस मित्रले रक्तदाताहरुलाई एक साथ जोडन पहल गरेको देखिएको छ । 

मिश्राले टवीटरमा दुवै जनाको तस्विर साँझा गर्दै एक पोष्टमा उनीहरुको सराहना गरेको हो । उनले रक्तदान गर्दै आफ्नो विवाहकै दिन विवाहकै कपडामा सजिएका दुल्हाले रक्तदान गर्दै गर्दा दुल्ही उनीसँगै छेउमा उभिएको देखिएको छ । 

  • 33%
  • 0%
  • 33%
  • 0%
  • 0%
  • 0%

पत्रकार यादवको घटनामा धनुषा प्रहरी गम्भिर छः एसपी तिवारी

  • २०७७ फाल्गुण १२ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले पत्रकार विनय कुमार यादवको घटनामा धनुषा प्रहरी गम्भिर रहेको बताएका छन् ।  न्यूज ब्यूरोका कार्यकारी सम्पादक समेत रहेका पत्रकार यादवको शंकास्पद

पूरा पढ्नुहोस्

Bureau Menus