अपडेटः जनकपुरको होटेलमा मृत भेटिएकी महिलाको 'सुसाइड नोट' मा एक डाक्टरको नाम
२ बर्ष रिलेशनमा बसेर डाक्टर भएपछि बिहे गर्न अस्वीकार गरेको भन्दै तनावमा आएर आत्महत्या गरेको हुन सक्ने बताइएको छ ।

२०७७ फागुन ११ मंगलबार, बिहान ८:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत शनिबार जनकपुरको नमस्कार होटेलमा झुण्डिएको अवस्थामा भेटिएकी महिलाको सुसाईड नोटमा जनकपुरकै एक डाक्टरको नाम उल्लेख गरिएको छ ।
शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ पुरानो बस स्टैण्ड स्थित रहेको नमस्कार होटेलमा झुण्डिएको अवस्थामा भेटेपटि प्रहरीले सो ठाउँबाट बरामद गरेको सुसाईड नोटमा डा. राहुल पाण्डेको कारण आत्महत्या गरेको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) प्रकाश रानाभाटका अनुसार, प्रहरीले बरामद गरेको सुसाईड नोटमा डा. पाण्डेसँग विगत २ बर्षदेखि लिविँग रिलेशनसिपमा बस्दै आएकी काठमान्डौंकी सरमिस्टा पोखरेलसँग बस्न अस्वीकार गरेपछि आत्मा गरेको उल्लेख गरिएको बताए ।
काठमाणडौंको नयाँ वानेश्वरको पंचेश्वरी स्थीत होस्टेल संचालन गरेर व्यवसाय गर्दै आएकी मृतक सरमिस्टा पोखरेल दुई बच्चा कि आमा समेत थिइन । केहि बर्ष यता आफ्नो श्रीमान संग राम्रो सम्बंध नरहेको कारण उनि काठमाणडौंमा एक्लै बस्दै आइरहेकी अवस्थामा डा. पाण्डेसँग होस्टेलमै प्रेम सम्बन्ध भएको थियो भनेर एक महिला अभियन्ताले खुलाएकी छन् ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालीका वडा नम्बर २ मलीवारा तथा हाल प्रदेश नम्बर २ को राजधानी जनकपुरको बिश्वकार्मा चौकमा आफ्नो घर बनाई बसेका डा. राहुल पाण्डे २ बर्ष रिलेशनमा बसेर डाक्टर भएपछि बिहे गर्न अस्वीकार गरेको भन्दै तनावमा आएर आत्महत्या गरेको हुन सक्ने बताइएको छ ।
सुसाइड नोटमा डा. पाण्डेको कारण आत्महत्या गरेको खुलाइएको छ । एसपी रानाभाटका अनुसार, प्रारम्भिक अनुसन्धान र घटनाको प्रकृति हेर्दा विष समेत सेवन गरी आत्महत्या गरेको हुन सक्ने देखिएपनि पोष्टमार्टमको रिपोर्टपछि छताछुल्ल हुने बताए ।
सुसाइड नोटमा डा. राहुल पाण्डेसँग लामो समयदेखि सँगै बस्दै आएकी सरमिस्टाले उनलाई विहेको लागि प्रस्ताव गरेको र अब पोखरेलसँग बस्न नसकिने बताउँदै डा. पाण्डे सम्पर्कविहिन भएको एक अभियन्तालेले आफ्नो फेसबुक मार्फत लेखेकी छन् ।
“त्यो सोसाइड नोट नमस्कार होटेलको कोठामा सुत्ने बेडमा राखेको थियोे सरमिस्टा पोखरेलले जुन कोठामा सरमिस्टा पोखरेल फासो लगाएर झुन्डिएको थियोे । र त्यो कोठामा सोसाइड नोट को साथसाथ अरु लगभग दुई सय फोटो कपी प्रींट पेपर पनी थियो जुन डा. पांडे सित प्रेम समबन्ध मा भएको बेला वाटसप मैसेज गरेर कुरा भएको थियो दुबै बिच त्यही कुराहरु को पेपर प्रींट सरमिस्टा पोखरेलले मर्नु भन्दा पहीला गराएर राखेकी थिइन । त्यो सबै समानहरु प्रहरीले लग्यो आफ्नो जिमा । यो प्रमान को अधारमा सबै प्रकिरिया पूरा गरोस प्रहरी र त्यो डा । पांडे लाई हदैसम्म कार्वाही गरेर उसलाई जेलमा हालोस ताकी फेरि कुनै अर्को सरमिस्टा पोखरेल जस्ती महीला डा। पांडे जस्तो निर्दयी, पापी, दयामया नभएका नैतिकता हिन, महीलालाई मात्र युज गर्ने बस्तु न ठानोस र छोडेर नभागोस जस्का परीनाम अन्तमा फासो लगाउनलाई आफुलाइ बाध्य न गरोस ।” एक अभियन्ताले फेसबुकमा लेखेकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…