हरेक उद्योगले '५० विरुवा' लगाउनैपर्ने : मन्त्री जीतेन्द्र सोनल
न्यूज ब्यूरो || जनकपुरधाम, ५ फागुन । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतेन्द्र सोनलले प्रतिवर्ष ५० विरुवा लगाउनुपर्ने प्रावधान अघि सारेका छन् । मन्त्री पद तथा गोपनीयताको सपथ लगत्तै प्रथम दिन मन्त्री सोनलले वातावरण रक्षाका लागि प्रत्येक वर्ष प्रत्येक उद्योग कारखानाले कुनै सार्व

२०७४ फागुन ५ शनिबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ५ फागुन । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतेन्द्र सोनलले प्रतिवर्ष ५० विरुवा लगाउनुपर्ने प्रावधान अघि सारेका छन् ।
मन्त्री पद तथा गोपनीयताको सपथ लगत्तै प्रथम दिन मन्त्री सोनलले वातावरण रक्षाका लागि प्रत्येक वर्ष प्रत्येक उद्योग कारखानाले कुनै सार्वजनिक ठाउँ वा पर्यटकीय ठाउँमा ५ फिटको ५० विरुवा लगाउनुपर्ने प्रावधान अघि सारेका छन् ।
अबदेखि उद्योग, कारखानाले प्रत्येक वर्ष कुनै सार्वजनिक ठाउँ वा पर्यटकीय स्थलमा विरुवा रोपेको प्रमाणित सहित मन्त्रालयमा बुझाउनुपर्ने जनाएको छ ।
कुनै कलकारखाना वा उद्योग स्थापना वा नविकरण गर्न आउँदा समय ५० विरुवा रोपेको स्थानीय प्रतिनीधिसँग प्रमाणित गरेको प्रमाण समेत पेश गर्नुपर्ने तथा पेश नगरेको खण्डमा उद्योग दर्ता वा नविकरण नगरिने जनाइएको छ ।
मन्त्रालयमा प्रवेश पूर्व मन्त्री सोनलले रुद्राक्षको विरुवा लगाई यस्तो गर्न आग्रह गर्दै गृह प्रवेश गरेको हो ।
मन्त्रालयको बारेमा प्रदेश सचिव मेघनाथ काफ्लेले गरेका थिए भने सहजीरण क्लीन एण्ड ग्रीन जनकपुरका अभियानी एवम् जिल्ला वन कार्यालयका अधिकृत सुरेश शर्माले गरेका थिए ।
मन्त्रीको यस्तो निर्णयबाट दुईतर्फी फाईदा हुने अभियानी शर्माले जनाए । वातावरण सफा सहित क्लीन एण्ड ग्रीन जनकपुर अभियानलाई समेत थप उर्जा थपिने जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…